एसपी रिपोर्टर
जनकपुरधाम, साउन १८ : जनकपुरधाम विमानस्थलमा यात्रुहरुको सहजतालाई ध्यानमा राख्दै मिठाई तथा स्न्याक्स पसल सञ्चालनमा आएको छ । यात्रुहरुलाई प्रतिक्षाको समयमा आवश्यक पर्ने खाजा पसलका लागि समस्या हुँदै आईरहेको समयमा जनकपुर विमानस्थलमा जनकपुरधामको क्याम्पस चोकमा रहेको लड्डु गोपाल स्वीट्स एण्ड स्नयाक्सका संचालकले विमानस्थलमै होटेल संचालनमा ल्याएको हो ।
अब विमानस्थलमा आउने यात्रुहरुलाई खाजा तथा खानाका लागि समस्या नहुने होटेलका संचालक वीरेन्द्र साहले बताए । उनका अनुसार होटेलमा मांशाहारी तथा शाकाहारी दूबै परिकार उपलब्ध रह्ने छ । जनकपुरधामका मेयर मनोज कुमार साहले होटलको समुदघाटन गरेका छन् ।

बजार भाउभन्दा २० प्रतिशत बढी मूल्य मात्रै यात्रुले विमानस्थलमा तिर्नुपर्ने होटेल संचालक साहले बताए । विमानस्थलले निकालेको टेण्डर पारेर लड्डु गोपाल स्वीट्स एण्ड स्नयाक्स होटेल संचालनमा ल्याइएको हो । १९ लाख ८० हजारमा ३ वर्षका लागि विमानस्थलले निकालेको सो टेण्डर उनले हात पारेका छन् ।