एसपी रिपोर्टर
जनकपुरधाम, माघ २९ : जनकपुरधाम उद्योग बाणिज्य संघले बस्तुगत संघहरुको गठन प्रक्रिया अगाडि बढाएको छ । व्यापारी र उद्योगीहरुको छाता संगठन संघले विभिन्न व्यापार व्यवसाय गरिरहेका व्यवसायीहरुको बस्तुगत संघ गठन गरिए उनीहरुको पिडा र समस्या सम्बोधन तथा सहजीकरणमा सहजता हुने उद्देश्यले बस्तुगत संघहरुको गठन प्रक्रिया अगाडि बढाइएको बताइएको छ ।
संघका अध्यक्ष जितेन्द्र महासेठले शनिवार किराना व्यवसायी संघको गठन भएको बताउदै टे«लर व्यवसायी, कपडा व्यवसायीहरुलाई समेत संगठित गर्न सम्बन्धित बस्तुगत संघ संगठन गठन गरिने बताएका छन् ।