एसपी रिपोर्टर
जनकपुरधाम, कार्तिक २४ : हिन्दुहरुको महान पर्व छठको सझुका अरघ दिइने बुधवार (आज) साँझ जनकचौक स्थित होटल राजघाराना तथा फ्यामिली रेष्टुरेन्टले दर्शनालुहरुका लागि विशेष प्याकेज र छुटको व्यवस्था गरेको छ ।
जनकचौक स्थित होटलको छेउछाउमै रहेको एतिहाँसिक पवित्र गंगासागर र धनुष सागरमा छठ गर्ने ब्रतालुहरुका साथै हेर्न र घुम्न आउने दर्शनालुहरुको समेत अत्याधिक भिडभाड हुने भएकाले होटलले विशेष व्यवस्था र प्याकेज ल्याएको सञ्चालक शंकर साहले बताएका छन् ।

उनले भने, ‘आज साँझ परिवार सहित आउनेहरुका लागि रेष्टुरेन्टमा विशेष फ्यामिली प्याक एकदमै सस्तो दाममा उपलब्ध गराएका छौं ।’ बच्चाहरु संग आउने दम्पतीले दम्पतीकै खर्चमा बच्चाहरुलाई समेत पुग्ने किशिमको विशेष पारिवारिक प्याकेज, डिस र डिस्काउन्ट अफर सहित रेष्टुरेन्टको सेवा समेत विस्तार गरिएको उनले बताए । भिडभाडलाई मध्येनजर गर्दै रेष्टुरेन्टको स्पेश वाहिर समेत व्यवस्थापन गरि थप वेटरहरुको व्यवस्था मिलएको होटलले जनाएको छ ।
