एसपी रिपोर्टर
जनकपुरधाम, साउन २६ : जनकपुरधाममा पुरुषहरुका लागि ब्रान्डेड रेडिमेड र फेब्रिक कपडा पसल सञ्चालनमा आएको छ । स्टेशनरोडमा नुतन क्लोथ एण्ड नुतन कलेक्शन नामक रेडिमेड र फेब्रिक कपडाको पसलको आज जनकपुरधाम उद्योग बाणिज्य संघका अध्यक्ष जितेन्द्र महासेठले गरेका छन् ।
क्लोथका सञ्चालक राजनारायण साहका अनुसार पुरुषहरुका लागि रेडिमेड र फेब्रिक कपडाको ब्रान्डेड कलेक्शन एकै ठाँउमा उपलब्ध हुनेछ । सो अवसरमा संघका अन्य पदाधिकारीहरुको समेत उपस्थिती थियो ।