एसपी रिपोर्टर
काठमाणडौं , फागुन २४ : त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले रेक्टर र डिन कार्यालयमा तोडफोड गर्ने व्यक्तिहरूमाथि कानुनी कारबाही गर्न गृह मन्त्रालयलाई आग्रह गरेको छ।
शनिबार जारी प्रेस विज्ञप्तिमार्फत त्रिविले तोडफोडमा संलग्न व्यक्तिलाई प्रचलित कानुनअनुसार अनुसन्धान गरी न्यायिक कठघरामा ल्याउन माग गरेको हो।
“कुनै माग वा समस्या भए वार्ता र संवादमार्फत समाधान गर्न विश्वविद्यालय सधैं तयार छ। तर, विश्वविद्यालयको सहनशीलतालाई कमजोरी ठानी सार्वजनिक सम्पत्तिको तोडफोड गर्ने तथा पदाधिकारी, शिक्षक र कर्मचारीलाई आतंकित गर्ने कार्य भएमा कानुनी उपचारका लागि विश्वविद्यालय बाध्य हुनेछ,” त्रिविका सूचना अधिकारी शान्ताकुमारी नेउपानेद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।


