एसपी रिपोर्टर
जनकपुरधाम, भदौ ५ : उपचारका लागि काठमाण्डौं लैजाने क्रममा खुर्कोटमा ज्यान गएका धनुषा नगरराइन नगरपालिका वडा नं. ३ का मृतकमा कोरोना संक्रमण पुष्टी भएको छ । सोहि नगरपालिका वडा नं. ४ स्थित एक निजी विद्यालयका प्रिन्सिपल समेत रहेका मृतकको आजआएको रिपोर्टमा कोभिड १९ पोजेटिभ देखिएको छ । मृतक परिवारका सदस्यले एसपी खवरलाई सोको जानकारी गराएका हुन ।
मृतकको विहिवार नै दाह संस्कार समेत भइसकेकाले उपचारको क्रममा उनीसंगै रहेका उनका श्रीमती र भान्जा सहित, मलामी जाने सहित सवैको कन्टयाक्ट ट्रेसिङ्ग गर्ने काम भइरहेको बताइएको छ । मुटु, दम, उच्च रक्तचाप र समान्य सुगरका विरामी समेत रहेका मृतकको जनकपुरधाममा उपचार सम्भव नभएपछि काठमाण्डौं लग्दै गर्दा बुधवार साँझ निधन भएको सहित उपचारका लागि भएको परेसानी सम्बन्धमा एसपी खवरले हिजो मात्रै स्टोरी प्रकाशन गरेको थियो ।
यो पनि पढनोस