FOLLOW US
SP khabar
  • गृहपृष्ठ
  • राजनीति
  • मधेश प्रदेश
  • राष्ट्रिय
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • आर्थिक
  • अन्य
    • दुर्घटना
    • विज्ञान/प्राविधि
    • एसपी खबर तस्वीर
SP TV
  • गृहपृष्ठ
  • राजनीति
  • मधेश प्रदेश
  • राष्ट्रिय
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • आर्थिक
  • अन्य
    • दुर्घटना
    • विज्ञान/प्राविधि
    • एसपी खबर तस्वीर
SP TV
No Result
View All Result

प्रदेश २ मा दुर्लभ भयो उपचार, प्लेनलाई साढे तिन लाख दिन तयार हुँदा पनि प्रदेशमा आउन मानेनन, उपचार अभावमा विद्यालयका प्रिन्सिपलले ज्यान गुमाए

प्रदेश २ मा दुर्लभ भयो उपचार, प्लेनलाई साढे तिन लाख दिन तयार हुँदा पनि प्रदेशमा आउन मानेनन, उपचार अभावमा विद्यालयका प्रिन्सिपलले ज्यान गुमाए

पुरन रौनियार
जनकपुरधाम, भदौ ४ :
धनुषाको नगराईन नगरपालिका वडा नं. ३ फुलगामा निवासी श्याम साहलाई छातीमा समस्या र स्वाँस फेर्न समस्या भयो । नगरपालिकाको वडा नं. ४ स्थित सिदार्थ पब्लिक स्कुलका प्रिन्सपील समेत रहेका साहलाई उनका परिवारजनले बुधवार विहान ८ ः ३० मा जनकपुरधाम प्रादेशिक अस्पताल पुरयाए । उनलाई इमरजेन्सीमा भर्ना गरियो र चिकित्सकले अक्सिजन चाहिन्छ भन्दै आइसियु रेफर ग¥यो तर प्रादेशिक अस्पतालको आसियु बन्द छ पनि भनियो ।

मृतक साहको फाइल तस्वीर

त्यसपछि मृतकका भान्जा विजय साह र उनका नातेदार जनकपुरधाम उद्योग बाणिज्य संघका सदस्य अनिल प्रधान आइसियुको खोजविनमा लागे । आफनो हिसावले नेता, समाजका अगुवा सहित अस्पतालै अस्पताल भौतारिएका उनीहरुलाई जनकपुरधामको कुनै पनि अस्पतालमा आइसियु भेटेन । कसैले पनि आइसियु खाली नरहेको बताएपछि उनीहरु विभिन्न सम्पर्कका माध्यमले हेलिकप्टर (एयर एम्बुलेन्श)कोे खोजीमा लागे ।

साहको प्रादेशिक अस्पतालमा स्वाब संंकलन गर्दै गर्दाको तस्वीर

सुरुमा दुई लाख मागेको हेलिकप्टर पनि प्रदेश २ को नाम सुन्ने वितिकै आलटाल गर्न थालेपछि साढे तिनलाखमा चार्टर प्लेन समेत मगाउन मृतकका परिवारजन पैसा सहित तयार भए तर त्यो पनि अन्तिममा काम लागेन । यो त्यो भन्दै प्लेन समेत आउन मानेन र त्यसपछि सुरु भयो एम्बुलेन्सको खोजी । दमको विरामी भन्ने वितिकै एम्वुलेन्सवालाहरु फोन काटि दिन्थ्यो, मृतकका भान्जा साह भन्छन, ‘ डरले सवैले हाम्रो एम्बुलेन्समा अक्सिज छैन भन्थे कति हार गुहार गरेपछि एउटा बल्ल उपाय भयो ।’

साढे आठबजे विहान इमरजेन्सीमा भर्ना भएका विरामीलाई काठमाण्डौका लागि वेलुकी साढे चारबजे एम्वुलेन्समा हालियो र काठमाण्डौं तर्फ लगियो । सिन्धुली भन्दा माथीको उचाँइमा पुगेपछि विरामीको अवस्था नाजुक भयो र साँस फेर्न अप्ठेरो भयो । भान्जा साह भन्छन, ‘एम्बुलेन्समा अर्को अक्सिजन सिलिन्डर पनि थियो हामी अर्को अक्सिजन फेर्यौ तर ढिला भइसकेको रहेछ ।’ अन्ततः खुर्कोट पुगेपछि साँझ ७ः४५ मा विरामी साहले दम तोडे ।

परिवारजन अझै आशावादी थिए उनीहरु धुलिखेल अस्पताल सम्म गएर मृत्यु भए नभएको बुझन चाहेका रहेछन् । एकदमै हार गुहार गरेपछि त्याहाँका चिकित्सकले हेरे र साहलाई मृत घोषणा गरेपछि सवैको आशा टुटयो र शव एम्बुलेन्समा राखेर परिवारजन घर फर्किने निधो गरे । मामा ब्लडप्रेस, हर्ट, दम्मा र समान्य सुगरका विरामी पनि हुनुहुन्थ्यो, मृतकका भान्जा विजयले भने, ‘ तर पनि प्रादेशिक अस्पतालमा पिसिआरका लागि स्वाब संकलन भएको छ, रिपोर्ट आउन भने वाँकी छ ।’ यद्यपि मृत शरिरको भने विहिवारनै दाहसंस्कार गरिएको छ ।

जनकपुरधाममा उपचार र आइसियु भयो दुलर्भ

मृतकका भान्जा विजयले आइसियु खोज्न जनकपुरधाममा घण्टौ घण्टा समय लागेको र हेलिकप्टर पनि आउदै छु भन्दा भन्दै तिन चार घण्टा समय व्यतित गराएर समेत नआँउदा धेरै समय जनकपुरधाममै व्यतित भएको बताउदै आइसियु र अक्सिजनको अभावमा मामाको मृत्यु भएको दुःखेसो व्यक्त गरेका छन् । पहिला आइसियु खोज्न जनकपुरधामको लगभग सवै अस्पताल जानकी हेल्थकेयर, रामजानकी, काव्या, सिटी सहित लगभग सवैमा भौतिरिएको त्यसपछि हेलिकप्टर, प्लेन र एम्बुलेन्स खोज्दा खोज्दै साढे चार बजेको उनको कथन छ ।

एकजनामा संक्रमण भेटिए संगै हप्तौ देखि बन्द रहेको सिटि अस्पताल

कुनै शिप नलागेपछि एम्बुलेन्समा काठमाडौैं लैजादै गर्दा खुर्कोटमा साँझ ७ः४५ मा उनको मृत्यु भएको उनले बताए । एकातिर कोरोना संक्रमितहरु क्वारेन्टाइन र आइशोलेसनमा जोखिम र पिडामा छन भने अर्को तिर अचानक विरामी हुने गरेकाहरु उपचारको अभावमा मृत्युवरण गरिरहेका छन् । अस्पतालमा उपचार गराएका कुनै पनि विरामीमा संक्रमण पता लागेपछि जनकपुरधाममा अस्पतालहरु शिलबन्दी हुने गरेका छन भने चिकित्सक र नर्शहरु समेत भागाभाग हुने गरेका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया !

पुरन रौनियार

पुरन रौनियार

वहाँ एसपी खवरको सञ्चालक तथा प्रधान सम्पादक हुनुहुन्छ । उहाँलाई सामाजिक संजाल फेसबुकमा भेट्न सक्नुहुन्छ ।

सम्बन्धित समाचार

लेनदेनको पञ्चयतीबाट निस्केर विष सेवन गरि जिल्ला प्रहरी पुगेपछि……
एस.पी. खबर विशेष

लेनदेनको पञ्चयतीबाट निस्केर विष सेवन गरि जिल्ला प्रहरी पुगेपछि……

4 hours ago
प्रधामन्त्री प्रचण्डले पुन: पाए बिश्वासको मत, पक्षमा १७२ विपक्षमा ८९
एस.पी. खबर विशेष

प्रधामन्त्री प्रचण्डले पुन: पाए बिश्वासको मत, पक्षमा १७२ विपक्षमा ८९

7 hours ago
जनकपुरधाम राराबमा सचिव बाहेक नेविसंघको प्यानलै, सभापतीमा मनिस यादव निर्वाचित
एस.पी. खबर विशेष

जनकपुरधाम राराबमा सचिव बाहेक नेविसंघको प्यानलै, सभापतीमा मनिस यादव निर्वाचित

8 hours ago
बारा– २, उपेन्द्र चुनाव लड्दा प्रतिस्पर्धी राजेन्द्र हुन सक्ने हल्ला साँचो हो ?
एस.पी. खबर विशेष

बारा– २, उपेन्द्र चुनाव लड्दा प्रतिस्पर्धी राजेन्द्र हुन सक्ने हल्ला साँचो हो ?

1 day ago
जनकपुरधामको राराबमा २६ सय ६२ मत खस्यो, स्ववियु निर्वाचन शान्तिपुर्ण
एस.पी. खबर विशेष

जनकपुरधामको राराबमा २६ सय ६२ मत खस्यो, स्ववियु निर्वाचन शान्तिपुर्ण

1 day ago
युवा गुप्ताको सराहनीय काम, नवजात शिशुका लागि गरे रक्तदान
अन्य

युवा गुप्ताको सराहनीय काम, नवजात शिशुका लागि गरे रक्तदान

2 days ago
नेविसंघ जिताउन कांग्रेस धनुषाको निर्देशन, फ्रन्टद्वारा समर्थनको घोषणा
मधेश प्रदेश

नेविसंघ जिताउन कांग्रेस धनुषाको निर्देशन, फ्रन्टद्वारा समर्थनको घोषणा

2 days ago
चिकित्सकले ‘सेवा परमो धर्म’ मनन गर्नुपर्दछ : प्रदेश प्रमुख मिश्र
एस.पी. खबर विशेष

चिकित्सकले ‘सेवा परमो धर्म’ मनन गर्नुपर्दछ : प्रदेश प्रमुख मिश्र

2 days ago
ऐनका सबै कुरा अहिले नै भनियो भने तपाईहरु भाग्नु हुन्छ : मन्त्री मोदी
एस.पी. खबर विशेष

ऐनका सबै कुरा अहिले नै भनियो भने तपाईहरु भाग्नु हुन्छ : मन्त्री मोदी

2 days ago
अन्तर कलेज क्रिकेट प्रतियोगिता अन्तरगत मैत्रीपूर्ण खेलहरु सम्पन्न
एस.पी. खबर विशेष

अन्तर कलेज क्रिकेट प्रतियोगिता अन्तरगत मैत्रीपूर्ण खेलहरु सम्पन्न

3 days ago

ताजा समाचार

लेनदेनको पञ्चयतीबाट निस्केर विष सेवन गरि जिल्ला प्रहरी पुगेपछि……

प्रधामन्त्री प्रचण्डले पुन: पाए बिश्वासको मत, पक्षमा १७२ विपक्षमा ८९

जनकपुरधाम राराबमा सचिव बाहेक नेविसंघको प्यानलै, सभापतीमा मनिस यादव निर्वाचित

बारा– २, उपेन्द्र चुनाव लड्दा प्रतिस्पर्धी राजेन्द्र हुन सक्ने हल्ला साँचो हो ?

जनकपुरधामको राराबमा २६ सय ६२ मत खस्यो, स्ववियु निर्वाचन शान्तिपुर्ण

युवा गुप्ताको सराहनीय काम, नवजात शिशुका लागि गरे रक्तदान

नेविसंघ जिताउन कांग्रेस धनुषाको निर्देशन, फ्रन्टद्वारा समर्थनको घोषणा

स्पेशल मिडिया नेपाल प्रा.लि.
जनकपुरधाम, मधेश प्रदेश
9844126588
 [email protected]
सूचना विभाग दर्ता नं: ३१५०-२०७८/७९

प्रधान सम्पादक/सञ्चालक
पुरन साह
सम्पादक
दिपेन्द्र कुमार साह
संवाददाता
संजय कुमार साह
चाँदनी झा
पुष्पा यादव

Facebook Twitter Youtube Pinterest

© 2020 SP KHABAR || Powered By ProTech Media || Privacy Policy