एसपी रिपोर्टर
जनकपुरधाम, साउन २७ : पर्सावाट जनता समाजवादी पार्टीका संघीय साँसद प्रदिप यादब कोरोना जितेका छन् । उनले आफ्नो कोरोना रिपोर्ट नेगेटिभ आएको जानकारी फेसबुकमार्फत दिएका हुन् । यद्यपि चिकित्सकको सल्लाह अनुसार आफु सात दिन अझै घरमै बस्ने समेत बताए ।
घरभित्र आइसोलेट भएर आत्म अनुसाशन कायम गरी सुरक्षित रुपले बसेको र डाक्टरले दिएको सुझाव अनुसार चलेकाले कोरोनालाई जित्न सफल भएको साँसद यादबले बताएका छन् । उनले डाक्टरको सुझाव अनुसार सात दिनसम्म अझै घरकै आइसोलेसनमा बस्ने जनाएका हुन् ।
मानवजाति सहित विश्वामाथि आएको कोरोना संकट छिटै समाप्त होस् भन्ने भगवान श्रीकृष्ण सहित जन्माष्टमीको विशेष अवसरमा इश्वरसंग प्राथना समेत गर्दछु उनले लेखेका छन् । साउन १६ गते साँसद यादवमा कोरोना संक्रमण पुष्टि भएपछि उनी होम आइशोलेसनमा थिए ।