एसपी रिपोर्टर
जनकपुुरधाम, साउन २५ : धनुषामा पनि मृत्युको घटना हुन थालेपछि लगाइएको निषेधाज्ञा थप एक सप्ताह थपिने तयारी भइरहेको छ । हाल जारी निषेधाज्ञाको समय सिमा आज (आइतवार) राती १२ बजे सम्म रहेकाले जिल्ला प्रशासन कार्यालयमा सुरक्षा समितिको बैठक बसिरहेको र अवस्था हेर्दा निषेधाज्ञा हटाउने सम्भावना नरहेको स्रोतको भनाई छ ।
प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद भट्टराईले बैठकमै रहेको बताउदै औपचारिक निर्णय नभएपनि एक सप्ताह थप निषेधाज्ञा थपिने संकेत गरे । उनले भने, ‘निषेधाज्ञा कसरी हटाउने ? कुनै सम्भावना छैन, थपिन्छ ढुक्क हुनुस ।’ जनकपुरधाममा आज मात्रै दुई अस्पतालमा दुईजनाको मृत्यु भएको छ । काब्या अस्पतालमा कोरोनाको लक्ष्ण नदेखिएका उपचारार्थ मुटु तथा दमका विरामी पुरुष र विनय तारा फाउन्डेशन क्यान्सर अस्पतालमा कोरोनाको लक्ष्ण रहेका मिथिला विहारीका एकजना पुरुषको मृत्यु भएको छ ।
