एसपी रिपोर्टर
जनकपुरधाम, जेठ ११ : जिल्ला प्रशासन कार्यालय धनुषाले जेष्ठ १० गते सम्म जटही नाकावाट ६ सय २७ जनालाई उद्धार गरेको जनाएको छ । जेष्ठ ४ गतेवाट थालिएको उद्धारका कार्य जेष्ठ १० हिजो सम्म ६ सय २७ जनालाई उद्धार गरिएको हो । जेष्ठ ४ गते ६१ जनालाई, जेष्ठ ५ गते ६९ जनालाई, जेष्ठ ६ गते ३६ जनालाई, जेष्ठ ७ गते ८१ जनाई, जेष्ठ ८ गते ६० जनाई, जेष्ठ ९ गते २ सय ७ जनालाई र जेष्ठ १० गते १ सय १३ जना गरि कुल ६ सय २७ जनालाई उद्धार गरिएको छ ।
विभिन्न समयमा नेपालका विभिन्न स्थानवाट भारतको विभिन्न राज्यमा मजदुरी गर्न गएकाहरुलाई कोरोना भाइरसको महामारीमा भारतमै फसेकाहरुलाई विस्तारै विस्तारै नेपाल फर्काउने कार्य गरिएको छ । जटही नाकावाट जेष्ठ ४ गतेवाट उद्धारका कार्यको थालिनी गरिएको थियो ।