एसपी रिपोर्टर
जनकपुरधाम, जेठ ६ : जनकपुरधाम उप–महानगरपालिकाले थप ५० वेडको क्वारेन्टाइन आजवाट गोपालधर्मशालामा शुरु गर्दैछ । यस भन्दा पहिला उप–महानगरपालिकाले स्वस्तिका नर्सिङ्ग होममा २५ वेडको कोरेन्टीन सञ्चालन गर्दै आइरहेको थियो तर, दिन प्रतिदिन कोरोना संक्रमितको संख्या बढ्दै गएपछि गोपालधर्मशालामा शुरु गरिन लागेको हो ।
अहिले ५० वेडको क्वारेन्टाइन शुरु गर्ने र पछि आवश्यकक्ता अनुसार वेड र स्वास्थ्यकर्मी थपिदै जाने जनकपुरधाम उप–महानगरपालिका मेयर लाल किशोर साहले जानकारी दिएका छन् । उनले भने–‘गोपाल धर्मशालामा धेरै ठाउँ छ, त्यसमा आवश्यक्ता अनुसार वेडको संख्या थप्दै जाउँला ।’ क्वारेन्टाइनमा वाइफाइ, २४ घण्टे विजुली, खानेपानी, पौष्टिक खानाको समेत प्रवन्ध गरिने भएको छ । क्वारेन्टाइन बस्नेहरुको गुनासो फेरी नआओस भनि यस्ता प्रवन्ध गरिने बताइन्छ ।