एसपी रिपोर्टर
जनकपुरधाम, बैशाख १७ :
धनुषाको एकदमै ग्रामिण कमला नगरपालिकाको हाल बेहाल छ । हप्तौको तालाबन्दी बल्ल खुलेपनि नगरपालिकाको प्रमुख प्रशासकिय अधिकृत र लेखापाल पुनः कार्यालय बन्द गराएर घर र ससुरालीमा आराम गर्ने तरिकाहरु खोजिरहेका छन् । भुक्तानी वाँकी रहेकाहरुले आक्रोस पोखेपछि शान्ति सुरक्षाको नाउँमा कामवाट भाग्ने प्रपञ्च हाकिमले रचिरहेको उपभोक्ता समितिका पिडितहरुले बताए ।

नगरपालिकाकै वडा अध्यक्षहरुले कार्यालयमा तालाबन्द गरिदिएपछि विभिन्न शिर्षकमा काम गरेकाहरु बिच्चलीमा परेका थिए । कार्यालय खुलेपछि केहि आशा जागेर पुगेकाहरुलाई नगरपालिकाका हाकिम बिरेन्द्र कुमार सढानले विभिन्न वाहाना बनाउदै समय आलटाल गरिरहेको भुक्तानी वाँकी रहेकाहरुको गुनासो छ ।

बल्ल खुलेको कार्यालयमा दिनरात गरि काम गरेको पैसा माग्न हिजो पुगेको थिए, निर्माण व्यवसायी संतोष यादवले भने, ‘मसिंरमै नगरसभा भएको भएपनि यो मिलेन त्यो मिलेन भन्दै रकम रोकि राखेको छ ।’ करिव अढाई करोड रुपैया रकम वाँकी रहेको बताउदै उनी भन्छन, ‘बिना कमिसन कहिले शिर्षक मिलेन त कहिले के मिलेन भनेर आजभोली गरिरहेको छ ।’

एक दुई हजार हो र ? काम गरेको अढाई करोड रोकिदिए पछि कसलाई आक्रोस हुदैन यादव भन्छन, ‘पैसा माग्न जाँदा उल्टै आक्रमण भयो भनेर आरोप लगाइयो ।’ धनुषा निर्माण व्यवसायी संघका सचिव जय प्रकाश साहले समेत यादवको वलर््ड वाइड जेएसएनबी जेभीको लगभग अढाई करोड वाँकी रहेको पिडित यादवले आफुहरुलाई पटक पटक सुनाएको बताए ।

सचिव साहका अनुसार आफुले बुझदा रकम भुक्तानीका लागि डेढ महिना अगाडि नै कोलेनिकामा पक्रिया अगाडि बढिसकेको तर ‘सम्पुरक अनुदान’ भनेर नगरपालिकाको फाइलमा कतैपनि कुनै शिर्षक वा शब्द नदेखिएको भएपनि नगरपालिकाले त्यो शिर्षक सच्याउन कुनै पनि पहल नगरेको गुनासो कोलेनिकाको छ ।

भुक्तानी वाँकी रहेका पिडितहरुले लेखापाल सन्जीव महतोलाई सम्पर्क गर्दा सम्पर्कमा आउन नचाहने र आएपनि आफु सिरहाको लहान तर्फ ससुरालीमा रहेको भन्दै हाकिमसंग सम्पर्क गर्न मात्र भन्ने गरेको बताउछन् । लेखापाल कहिल्यै समयमा नआउने र हाकिमसंगको मिलिभगत र कमिसनको खेलले नगरपालिकालाई अस्तव्यस्त बनाएको भएपनि कसैले कुनै सुनुवाई नगरेको बताए ।

कमिसन दिँदा चेकै लिएर जहाँ पन िपुग्न समय नलगाउने हाकिम र लेखापालले आफुले ५ करोड २० लाखमा नगरपालिकाको भवन निर्माणको काम ठेक्का लिएर सम्पन्न गरेको ९ महिना पछि पनि करिव अढाई करोड रुपैया भुक्तानी गर्न बार्गेनिङ्ग गरिरहेको र भुक्तानी गर्न नमानिरहेको गुनासो व्यवसायी यादवको छ । उनले भने, ‘जे मा पनि कोलेनिकाको नाम लगाउने तर प्राविधिक काम पुरा गर्न हाकिम र लेखापाल बार्गेनिङ्ग गरिरहेका छन्, मेयर सावलाई पनि सवै कुरा अवगत छ ।’

‘मैले भवन निर्माणको पक्रियागत पैसा मागेको हुँ, शिर्षक मिलेन भने मिलाउने काम नगरपालिकाको हो, पैसा नपाउँदा समान्य आक्रोस स्वभाविक हो तर शान्ति सुरक्षा सहित अव पनि बिभिन्न बाहानामा भुक्तानी नदिने काम भयो भने निर्माण व्यवसायीहरु आन्दोलित हुन्छौ र कडा संघर्ष गर्छौ ।’ यादवले भने । एता कार्यालय खोल्न दिएका वडा अध्यक्षहरु मांग पुरा नभए आइतवार देखि पुनः तालाबन्दी गर्ने चेतावनी दिइसकेका छन् । एता हाकिम सढानले भुक्तानीका लागि आफुले सवै पक्रिया पुरा गरि कोलेनिकामा बुझाई सकेको बताए ।