एसपी रिपोर्टर
जनकपुरधाम, असोज १४ : यातायात सेवामा थप एक कम्पनी जनकपुरधामवाट सेवा सञ्चालन गरेको छ । जनकपुरधाम देखि काठमाण्डौं सम्मको लागि दैनिक दिवा माइक्रो सहित रात्री बस सेवा सञ्चालन गर्ने गरि जय श्री राम यातायात प्रा.ली.ले आफनो सेवा सञ्चालनमा ल्याएको छ । यस सेवामा दशकौं देखि सक्रिय युवा राम सिंहले आफनो निजि स्वामित्वमा प्रा.ली. सञ्चालनमा ल्याएको हो ।
जनकपुरधामको रामानन्दचौक स्थित पेट्रोल पम्पको छेउमै उतरपट्टीको गेष्टहाउसमा टिकट काउण्टर राखेर सेवा सुरु गरिएको सिंहले बताए । काठमाण्डौं जानका लागि कुनै पनि वेला सम्पर्क गर्दा सेवा उपलब्ध हुने उनले जनाकारी गराए साथै माइक्रो, बस सहित कुनै पनि गाडी रिजर्भमा चाहिए आफुहरु सरल र सहज सेवा दिन सक्ने उनको कथन छ ।