एसपी रिपोर्टर
जनकपुरधाम, भदौ १९ : असहाय संरक्षण मञ्च जनकपुरधामका अध्यक्ष समाजसेवक बैद्यनाथ साहले स्पेशल मिडिया नेपाल प्रा.ली (एसपी खवर डटकम)लाई स्वास्थ्य सुरक्षा समाग्री सहयोग गरेको छ । जनकपुरधामको थापा चौक स्थित प्रा.लीको कार्यालयमा आफै पुगेर सेवक साहले प्रा.ली.को सफलताको कामना समेत गर्दै काम गर्ने उत्साह बढाउन स्वास्थ्य सुरक्षा समाग्री सहयोग गरेको बताए ।
सेनिटाइजर सानो ठुलो गरि ११ पिस, एन ९५ मास्क ११ पिस र कार्यालयमा आउने आगन्तुकहरुका लागि सर्जीकल फेस मास्क २ सय पिस सहितको सुरक्षा समाग्री साहले प्रा.लीका सञ्चालक पुरन साह (रौनियार)लाई हस्तान्तरण गरेका हुन । सञ्चारकर्मीहरु नचाहेर पनि यस अवस्था पनि वाहिर गएर काम गर्नु पर्ने भएकाले काम लागोस भन्दै आफु संग भएको केहि समान सहयोग गरेको साहको भनाई छ ।
प्रा.ली. परिवार सेवक साह प्रति धन्यवाद र आभार प्रकट गर्दछ ।