एसपी रिपोर्टर
महोतरी, भदौ १९ : कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि विगत ७ महिना देखि सीमामा खटिरहेका सशस्त्र प्रहरी कर्मचारीहरुलाई सशस्त्र प्रहरीका डि.आई.जी. कृष्णभक्त ब्रम्हाचार्यले महोत्तरीको विभिन्न सीमानाकामा पुगि आवश्यक निर्देशन दिएका छन् । बर्दिवास स्थित छिन्नमस्ता बाहिनीमा सम्पन्न प्रदेश नं.२ को धनुषा र महोत्तरी जिल्लामा कोरोना संक्रमण व्यवस्थापन तथा नियन्त्रण विषयक प्रदेश स्तरीय एक दिने कार्यशाला गोष्ठी पछि सीमाको सुरक्षा परिचालन तथा वस्तु स्थितीको बारेमा डि.आई.जी. ब्रम्हाचार्य महोत्तरीका प्रत्येक सीमानाकामा आफै पुगेर अवलोकन गर्दै त्यहाँ खटिएका सशस्त्र प्रहरीलाई आवश्यक निर्देशन दिएका छन् ।
डि.आई.जी. ब्रम्हाचार्यले महोत्तरीको मटिहानी स्थित सशस्त्र प्रहरीको नं. ९ गण र मटिहानी देखि खैरहवनी सम्मका ७ वटा वि.ओ.पि. र आवश्यकता अनुसार राखिएका फर्वाड अव्जरभेसन पोष्टमा पुगि कार्यरत सुरक्षाकर्मीलाई कोरोना संक्रमण समुदाय स्त्तरमा फैलिदै गएकाले थप गम्भिर परिस्थितीको आङ्कलन गर्दै विगतमाझै सीमामा हुने आवत जावतमा कडाई गर्न निर्देशन दिएका हुन । उनले जनस्तरमा कोरोना संक्रमण त्यसको असर र सम्भावित क्षति एवं नागरीक र सुरक्षाकर्मीले अवलम्वन गर्नुपर्ने सुरक्षात्मक उपायहरुको वारेमा समुदाय स्तरमा सचेतना मुलक कार्यक्रम संचालन गर्न मातहतका कर्मचारीलाई निर्देशन समेत दिए ।
डि.आई.जी. ब्रम्हचार्यले लकडाउन पश्चात राज्यले तोकेका सीमानाकाबाट औपचारीक रुपमा नेपाल प्रवेश गरेकाहरुको कन्ट्याक्ट ट्रेसिङ्गमा ध्यान पु¥याई त्यस्ता व्यक्तिहरुको खोजि गरी क्वारेन्टिन तथा आईसोलेशनमा राख्न सरोकारवालालाई सहयोग पु¥याउन र अन्य सुरक्षा निकायहरु एवं छिमेकी मुलुकका समकक्षी सुरक्षाकर्मीहरुसँग निरन्तर सम्पर्क समन्वय र आवश्यक सहकार्य गरी सुरक्षा नागरिक समन्वयात्मक रुपमा कार्य गर्न पनि निर्देशन दिएका छन् । सीमा सम्वेदनशिलतालाई मध्यनजर गर्दै वि.ओ.पि. जलेश्वरलाई यथासिघ्र थप दुईवटा फर्वाड अब्जरवेशन पोष्ट स्थापना गर्न समेत उनले निर्देशन दिएका छन् । थलगत निरीक्षणका क्रममा डि.आई.जी. ब्रम्हचार्यले जिल्ला सुरक्षा समितिका पदाधिकारीसँग जिल्लाको समग्र बस्तुस्थितीको वारेमा पनि जानकारी लिएका छन् ।
महोत्तरीको ३८.४६ कि.मि. अन्तराष्ट्रिय सीमामा सशस्त्र प्रहरीका ६ सय ५४ जनशक्ति परिचालित छन । अनाधिकृत आवत जावतलाई रोक्न मुख्य नाकाहरुको अलावा ७ वि.ओ.पि. सहित जिल्लाको सकरी, मधबा र कट्टीमा थप ३ फर्वाड अव्जरभेसन पोष्ट राखिएको छ भने २ स्थापनाको क्रममा छन । हाल सम्म सीमामा अग्रपङ्कतिमा खटिने २८ सशस्त्र प्रहरीलाई कोरोना संक्रमण पुष्टी भएको छ भने १९ जना निको भईसकेका छन् ।