कल्पना यादव
जनकपुरधाम, साउन ३१ : नेपाल पत्रकार महासंघ धनुषा शाखाले आफना सदस्यहरुको सदस्यता नविकरणमा पाँचसय रुपैया सहुलियत प्रदान गर्ने निर्णय गरेको छ । महासंघ धनुषा शाखाको आजको बैठकले सदस्यता नविकरणमा प्रत्येक सदस्यलाई लाग्ने खर्चमा पाँचसय सहुलियत प्रदान गर्ने निर्णय गरेको छ ।
महासंघ धनुषाका अध्यक्ष अनिल कुमार मिश्रको अध्यक्षतामा बसेको बैठकले कोरोना महामारीवाट बच्न भएको लकडाउन र निषेधाज्ञाका कारण पत्रकार जगतमा समेत अभाव सिर्जना भई एकदमै प्रभावित भएकाले सदस्यता नविकरणमा प्रति सदस्य पाँचसयका दरले महासंघ शाखाले नै सहुलियत स्वरुप शुल्क बेहोर्ने निर्णय गरेको छ ।
शाखा धनुषाका सचिव पुरन साहका अनुसार कुल १ सय ९६ सदस्य मध्ये प्रादेशिक समितिको निर्वाचन अगाडि १ सय १५ जनाको एक वर्षको नविकरण भइसकेकाले उनीहरुको वाँकी दुई वर्षको र वाँकी रहेकाहरुको सम्पुर्ण तिनवर्षकै नविकरण गर्न वाँकी रहेको छ । उनका अनुसार इच्छुक सदस्यले चालु वर्ष २०७७ को नविकरण समेत गर्न सक्ने छ । उनीहरुले थप एक वर्ष सहित कुल चार वर्षको शुल्क तिर्नुपर्ने हुन्छ । यद्यपि यो अनिवार्य भने छैन ।
महासंघ केन्द्रले साउन मसान्त भित्र नविकरणको समयसिमा तोकेको छ । नविकरणका लागि केहि बुझन परे सचिव साह र कोषाध्यक्ष अवधेश कामत संग सम्र्पक गर्न समेत महासंघले आग्रह गरेको छ । साथै महासंघ धनुषाले धेरै पत्रकारहरुको आवेदन नआएकाले नविकरणको समयसिमाको बारेमा पुर्नविचार गर्न समेत केन्द्रलाई अनुरोध गरेको छ ।