एसपी रिपोर्टर
सप्तरी, साउन ३०
: सप्तरी प्रहरीले शुक्रबार बेवारिसे अवस्थामा एक सय किलो गाँजा फेला पारेका छन् ।

जिल्लाको सुरूङ्गा नगरपालिका–११ महेशपुरस्थित आँपको बगैंचाबाट सेतो प्लास्टिकको बोरामा हरियो प्लास्टिकले बेरेको अवस्थामा पाँच पोकामा २०-२० केजी गाजा बरामद गरेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी प्रवक्ता जितेन्द्र बस्नेतले जानकारी दिनुभयो ।प्रहरी सहायक निरीक्षक बिन्द्रा राय यादवको कमाण्डमा पाँच जना र सशस्त्र प्रहरी बेस पातोबाट प्रहरी नायब उपरीक्षक नरेन्द्रसिहं धामीको कमाण्डमा सात जनाको संयुक्त टोलीले गाँजा बरामद गरेको हो ।बरामद गाजा इलाका प्रहरी कार्यालय कडरबोनामा राखी थप अनुसन्धान भइरहेको उहाँले जानकारी दिनुभयो ।

यसअघि प्रहरीले गत शुक्रबार जिल्लाको डाक्नेश्वरी नगरपालिका–५ महादेवा टोलबाट नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोलीले १७ वटा बोरामा रहेको तीन सय ९६ किलो गाँजा बरामद गरेका थिए ।