एसपी रिपोर्टर
काठमाणडौं, साउन ३० : काठमाडौंस्थित भारतीय दूतावासमा स्वतन्त्रता दिवस २०२५ मनाइएको छ ।
नेपालमा रहेका भारतीय समुदाय र भारतका अधिकारीहरुको सहभागितामा ७९औँ स्वतन्त्रता दिवस मनाइएको हो ।नेपालका लागि भारतीय राजदूतले भारतको राष्ट्रिय झन्डा झन्डोत्तोलनसहित शुभारम्भ भएको थियो ।कार्यक्रममा भारतीय राष्ट्रपति द्रौपदी मुर्मुले स्वतन्त्रता दिवसमा दिएको सम्बोधन सुनाइएको थियो । कार्यक्रममा भारतीय सशस्त्र बलका मृतक कर्मचारीका श्रीमती र नजिकका व्यक्तिलाई सम्मान गर्दै साढे ६ करोडको एजीआईएफ चेक हस्तान्तरण गरिएको थियो ।दूतावासले सातवटै प्रदेश र २१ जिल्लामा फैलिएका ३९ वटा शैक्षिक संस्था र पुस्तकालयका लागि पुस्तक अनुदानको पनि घोषणा गरेको थियो ।





