एसपी रिपोर्टर
काठमाणडौं, साउन २९ : दक्षिण कोरिया सरकारबाट प्राप्त हुने करिब १ अर्ब २५ करोड नेपाली रुपैयाँ बराबर अनुदान सहायता स्वीकार गर्ने निर्णय सरकारले गरेको छ ।
२६ साउनमा बसेको मन्त्रिपरिषद् बैठकले कोरिया सरकारबाट गण्डकी प्राविधिक शिक्षालयको पूर्वाधार विकास परियोजनाका लागि प्राप्त हुने ९० लाख अमेरिकी डलर (करिब १ अर्ब २५ करोड नेपाली रुपैयाँ) बराबर अनुदान स्वीकार गर्ने निर्णय गरेको हाे ।सरकारका प्रवक्ता एवम् सूचना तथा सञ्चार प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले बिहीबार आयोजित पत्रकार सम्मेलनमा यसबारे जानकारी दिएका हुन् ।





