एसपी रिपोर्टर
काठमाणडौं, साउन २९ : मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहसँग भारतको जल शक्ति मन्त्रालयका प्राविधिक विज्ञहरूको टोलीले आज भेटघाट गरेको छ ।
मुख्यमन्त्री सतिश कुमार सिंहसँग बिहीबार भारतीय जल शक्ति मन्त्रालयको तीन सदस्यीय प्रतिनिधिमण्डलले टोलीले बिहान भेटघाट गरेको हो।प्रतिनिधिमण्डलले प्रदेशको भूगर्भीय पानीको अवस्थाको विस्तृत मूल्याङ्कन गर्न तथा पानीको अभाव समाधानका उपायहरूबारे सुझाव दिने योजना प्रस्तुत गरेको जनाइएको छ।टोलीले आगामी दिनमा मधेस प्रदेशका विभिन्न जिल्लामा पुगेर भू–जल सम्बन्धी आवश्यक अनुसन्धान गर्ने जनाएको छ। भारतीय टोलीमा जल शक्ति मन्त्रालयका प्राविधिक विज्ञ आशिष पाण्डे, जगदम्बा प्रसाद र प्रशान्त राय सहभागी थिए।मुख्यमन्त्री सिंहले प्रतिनिधिमण्डलको अनुसन्धान तथा सुझावले प्रदेशमा दिगो पानी व्यवस्थापन र भू–जल संरक्षणमा महत्त्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गरे।





