एसपी रिपोर्टर
काठमाणडौं, साउन २९ : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफ्नो पार्टी सधैं नवप्रवर्तन र प्रविधिमार्फत सामाजिक रुपान्तरणको पषमा उभिँदै आएको बताएका छन् ।
कांग्रेस सूचना, संचार तथा प्रचार विभागद्वारा आयोजित ‘डिजिटल प्लेटफर्मको प्रयोग, प्रभाव र असर’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै यस्तो बताएका हुन् ।उनले थप अघि भने, ‘अब हामी सबै मिलेर-प्रविधिमैत्री, नवप्रवर्तनशील र समृद्ध डिजिटल नेपाल निर्माणमा लाग्नुपर्ने बेला आएको छ ।’उनले अहिले डिजिटल प्लेटफर्मले कामलाई सहजता र तीव्रता दिएको बताउँदै समयको बचत गरेको बताए ।उनले सूचना-प्रविधिको विकास हुन धेरै सकारात्मक भए पनि कतिपय कुराहरूमा यसले नकारात्मक असर पुर्याएको बताउँदै नागरिकलाई सचेत बनाउनेतर्फ ध्यान दिनु पर्ने बताएका छन् ।डिजिटल प्लेटफर्ममा देखिएका नागरिक असुरक्षित हुने समस्याहरूको समाधानका लागि सरकार र सरोकारवाला निकायहरूले समयमै ध्यान दिन आवश्यक रहेको उनले बताए ।
नेपाली कांग्रेस नेतृत्वको सरकारको अग्रसरतामा जारी भएका दूरसञ्चार सम्बन्धी नीति, ऐन र नियमहरूले आज नेपालका टाढाका बस्तीहरू र सबै नागरिकलाई प्रविधिको पहुँचमा ल्याएको उनको दाबी छ ।





