एसपी रिपोर्टर
जनकपुरधाम, जेठ २९ : कोरोना भाइरस कोभिड १९ को महामारीवाट बच्न जारी गरिएको लकडाउनमा काम बन्द भएपछि धेरैलाई खान समेत समस्या छ । त्यसतै समस्याहरुलाई मध्ये नजर गर्दै स्ुडी समाज जनकपुरधामद्वारा समेत निशुल्क भोजन वितरण भइरहेको छ ।

सुडी समाज कल्याण समिति जनकपुरधामको सहयोगमा जनकपुरधाम स्थित श्री राम जानकी सुडी कुटी लतराहा कुटी जनकपुरधाम वडा नं. ७ मा निशुल्क भोजन वितरण भइरहेकोे छ । दैनिक अभाव भएका विपन्न परिवारहरुलाई यस कार्यले धेरै नै राहत भएको छ ।

प्रदेशसभा सांसद सुरिता साह र उनका श्रीमान कामेश्वर साहको समेत विशेष पहल र सहयोगमा निशुल्क भोजन वितरण कार्यक्रम जारी रहेको छ । लगातार २९ दिन देखि भोजन वितरण भइरहेकोमा सांसद साह परिवारले पाँच दिनको सम्पुर्ण खर्च व्यहोर्ने बताएको छ जस्मा लगातार तिन दिन देखि भोजन वितरण भइरहेको छ ।
