एसपी रिपोर्टर
जनकपुरधाम, असार २० :
राजर्षिजनक विश्वविद्यालयको आफनै भौतीक संरचना कहाँ बन्नु पर्छ भन्नेमा कांग्रेसमै मतभेद हुन थालेको छ । संघिय विश्वविद्यालय भएकाले यस्को भौतीक संरचना र त्यसका लागि प्रसस्त जग्गा जमिन हुनुपर्ने भन्दै विश्वविद्यालयका संस्थापक समेत रहेका कांग्रेसका नेता विमलेन्द्र निधी, राम सरोज यादव सहितक फुलगामा स्थित प्रस्तावित मनयारीको बिघ्घौं जग्गामा हुनुपर्ने बताइरहेका छन् ।

एता प्रदेश सदस्य तथा नेता महेन्द्र यादवको निकट मानिने बजरंग यादवले विश्वविद्यालयको प्रशासनिक तथा शैक्षिक भवन जनकपुरधामको मुजेलियामा हुनुपर्ने धारणा सार्वजानिक गरेका छन् ।

कांग्रेस मधेश प्रदेश समिति सदस्यका रुपमा फेसबुकमा विज्ञप्ती जारी गरेका यादवले विश्वविद्यालयको विधानमा विश्वविद्यालयको प्रशासनिक र शैक्षिक भवन जनकपुरधाम उपमहानगरपालिकामै रहनुपर्ने उल्लेख रहेकाले सोहि क्षेत्र भित्र जग्गाको व्यवस्थापन गर्नुपर्ने दावी गरेका छन् ।

उनले विश्वविद्यालयको बिषयमै नेता विमलेन्द्र निधीले पत्रकार सम्मेलनको आयोजना गरेको पुर्व सन्ध्यामा आफनो फेसबुकमा बिज्ञप्ती जारी गरेका हुन । यद्यपि कांग्रेसको अर्को समुहले यादवले निकालेको विज्ञप्ती व्यक्तिगत रहेको र उनको निवासका हिसावले पनि मुजेलिया पायक पर्ने भएकाले त्यस विषयमा टिप्पनीको औचित्य नै नरहेको बताउछन् ।