एसपी रिपोर्टर
जनकपुरधाम, जेठ २३ : विश्व पर्यावरण तथा वातारवरण दिवसको अवसरमा अनेरास्ववियू धनुषाद्धारा वृक्षारोपण कार्यक्रम आयोजना गरिएको छ । एक व्यक्ति एक विरुवा अभियान अन्तर्गत धनुषाको नगराइन नगर पालिका वार्ड नं.६ टोलमा अनेरास्ववियु धनुषाको आयोजनामा वृक्षारोपण गरिएको हो ।
अनेरास्ववियु धनुषाको विद्यार्थी आदर्श मंडलको अध्यक्षतामा गरिएको वृक्षारोपण कार्यक्रममा प्रमुख अतिथिको रूपमा आदिवासी जनजाति महासंघ, नेपालका केन्द्रिय सदस्य राम ललित मंडल सहभागि भएका थिए । त्यसै गरि अतिथिका रुपमा नेकपाका प्रत्यासी रामबाली यादव र गाउँ कमिटि अध्यक्ष बेचन मंडल लगायत नेकपाका नेता कर्याकर्ताहरुको सहभागीतामा वृक्षारोपण कार्यक्रम गरिएको हो । नगराइन नगर पालिका वार्ड नंं. ६ को तीन सार्वजनिक स्थान विद्यालय, मन्दिर र मदरसामा बृक्षारोपण गरिएको हो ।