एसपी रिपोर्टर
काठमाणडौं, वैशाख ११
: भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले कश्मीरको पहलगाममा भएको आतंकवादी हमलामा संलग्न व्यक्तिलाई उनीहरूले कल्पना गरेभन्दा कडा सजाय दिइने चेतावनी दिएका छन्।

आक्रमणपछिको पहिलो सार्वजनिक सम्बोधनमा प्रधानमन्त्री मोदीले दोषीलाई कुनै हालतमा नछाडिने प्रस्ट पारे। उनले भने, “जसले यो हमला गरेको छ, उसलाई हर हिसाबमा सजाय मिल्छ। उसले सोचेजस्तो मात्र होइन, कल्पना भन्दा धेरै कडा सजाय पाउनेछ।”प्रधानमन्त्री मोदीले यस घटनाबाट पीडित परिवारप्रति समवेदना व्यक्त गर्दै घाइतेको उपचारका लागि सरकार पूर्ण रूपमा सक्रिय रहेको बताए। उनले भने, “कतिले आफ्नो छोरा गुमाएका छन्, कसैले भाइ वा जीवनसाथी गुमाएका छन्। यो पीडा गहिरो छ।”उनले यो हमला केवल पर्यटकमाथि मात्र नभई सिङ्गो राष्ट्रको आत्मामाथि भएको दुस्साहस भएको टिप्पणी गरे। “सिङ्गो देश नै अहिले एउटै पीडा र आक्रोशमा एकजुट भएको छ,” प्रधानमन्त्री मोदीले भावुक स्वरमा भने।