एसपी रिपोर्टर
जनकपुरधाम, कार्तिक २ :

मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानको रिक्त रहेको रेक्टर पदमा नियुक्ति गर्ने तयारी थालिएको छ । प्रतिष्ठानले मेडिकल कलेज सञ्चालनमा ल्याउने भएपछि रेक्टर र डीनको नियुक्ति गर्ने तयारी थालिएको हो । प्रतिष्ठानले चालु शैक्षिक सत्रका लागि एमबीबीएसका लागि ५० सिटको अनुमति पाएको छ ।

यस अघि प्रतिष्ठानको रेक्टर रहेका डा. अंकुर साह प्रतिष्ठानको उपकुलपति नियुक्त भएप्छि सो पद रिक्त रहेको थियो । रेक्टर र डीन पद रिक्त हुँदा एमबीबीएस लगायतका शैक्षिक सत्र संचालन गर्न कठिनाई हुने भएपछि प्रदेश सरकारमाथी यी दुई पदको पदपुर्ती गर्न दवाब बढेपछि मधेस सरकारले नियुक्ति प्रकृयालाई अगाडी बढाएको हो ।

यस अघि प्रादेशिक अस्पतालका निर्देशक रहि सकेका डा. रामनरेश पण्डितलाई प्रतिष्ठानको रेक्टर हुने सम्भावना प्रबल रहेको मधेस सरकार श्रोतको दावी छ । पण्डितलाई त्यहाँबाट सरुवा गरिएपछि विगत केही महिनादेखि उनी मुख्यमन्त्री कार्यालयमा हाजिरी गर्दै आईरहेका थिए । डा.पण्डित गाइनोमा विशेषज्ञ छन् । रेक्टरका लागि आवश्यक सम्पूर्ण मापदण्ड डा.पण्डितलाई नियुक्त गर्न लागिएको बताइएको छ । प्रतिष्ठान अन्तर्गतको प्रादेशिक अस्पतालको निर्देशकमा अहिले डा.जामुन प्रसाद सिंह रहेका छन् । उनी वरिष्ठ बालरोग विशेषज्ञ हुन् ।