एसपी रिपोर्टर
जनकपुरधाम, बैशाख १ : हाल नेपालको कुर्था देखि भारतको जयनगर सम्म सञ्चालनमा रहेको नेपालको एक मात्र रेल सेवा नेपाल रेल्वे शुक्रवार देखि दिनको चार पटक आवत जावत गर्दै सेवा विस्तार गरेको छ । यस अघि दुई पटक मात्र आवतजावत गर्ने गरेको रेल नयाँ वर्ष २०८० को प्रारम्भ संगै आज देखि अव चारपटक आवत जावत गर्ने गरि सेवा सञ्चालन गरेको छ ।
रेल्वेका महाप्रवन्धक निरञ्जन झाका अनुसार अव नेपालको कुर्थाबाट रेल विहान ७ बजेर १५ मिनेटमा र बेलुकी २ बजेर ४५ मिनेटमा भारतको जयनगरका लागि प्रस्थान गर्ने छ भने भारतको जयनगरवाट रेल जनकपुरधाम वा कुर्थाका लागि विहान ९ बजेर ३० मिनेट र वेलुकी पाँच बजे प्रस्थान गर्ने छ । यो सेवा विस्तार संगै रेल्वेमा यात्रुको चाप हदै सम्म कम हुने र आरामदायी यात्रा हुने बताइएको छ । यस अघि एक पटक मात्र कुर्थाबाट खुल्ने गरेको रेलमा यात्रु बस्ने सिटको अभाव र अनावयश्क भिडभाड हुने गरेको थियो ।
साथै महाप्रवन्धक झाले विजलपुरा सम्म रेल सेवा विस्तारका लागि दुई चरणको इन्पेक्सनको काम सम्पन्न भइसकेको जानकारी गराउदै वाँकी अधुरा कामहरु छिट्टै पुरा गरेर आफुहरुलाई हस्तान्तरण गर्न भारतिय कम्पनी इरकनलाई आग्रह गरिएको भन्दै सिघ्र विजलपुरा सम्म रेल सेवाको विस्तारको लागि प्रयासरत रहेको समेत बताए ।
साथै उनले थप एक यात्रुवाहक र एक कार्गो गरि दुई रेल सरकारसंग मांग गरेको बताउदै उनले त्यसपछि सहज र शुलभ रेल सेवा उपब्ध हुने बताए । यस अघि १० बजे जनकपुरधामबाट खेल्ने रेल साढे ११ बजे जयनगर पुग्ने र पुन: ३ बने जनकपुरधामका लागि छुटने समय तालिकाका कारण यात्रुलाई किनमेल र भारतिय बजारमा किनमेलका लागि समते समय अभाव हुने गरेको थियो ।
महाप्रबन्धक झा सहित भारतिय प्राविधिकहरुको टोली समेत मिलेर रेल अगाडिको लिकमा नारिवल फोड्दै सेवा विस्तारको शुभारम्भ गरिएको छ ।