एसपी रिपोर्टर
जनकपुरधाम, फागुन २४ : अगामि फागुन २७ गते हुन लागेको नेपाल इन्जिनियर एशोसिएसनको चुनावमा नेकपा एमाले र लोसपाको ईन्जिनियर संगठनहरु गठबन्धन सहित चुनाव जित्ने दावी गरेका छन् । जनकपुरधाममा पत्रकार सम्मेलनको आयोजना गरि दुवै संगठनका अगुवाहरुले वृहत राष्ट्रिय प्रगतीशिल गठबन्धन घोषणा गर्दै आफुहरु चुनाव जित्नेमा विश्वस्त रहेको बताएका छन् ।
गठबन्धनबाट एनईए मधेश प्रदेशको सभापतीमा ई. इन्दु भुषण झाको उम्मेदवारी परेको छ । झाको नेतृत्वमा केन्द्रिय सदस्यमा ई. भावेश मिश्र, उपसभापतीमा ई. ललित कुमार साह, सचिवमा ई विजय महतो थारु, सहसचिवमा ई. अभयकान्त झा, कोषाध्यक्षमा ई. रामउदगार यादव, सदस्यमा ई. आशिष साह सहितको प्यानलै चुनावी मैदानमा छन् ।
सोहि गठबन्धनबाट एनईएको केन्द्रिय प्यानल पनि चुनावी मैदानमा छन् । ई. डा. सुरज लामिक्षानेको अध्यक्षमा उम्मेदवारीसंगै पदाधिकारी र सदस्यहरुको प्यानल चुनावी मैदानमा उत्रेका छन् । चुनावमा कांग्रेसको एक्लै, माओवादी, जसपा र एसमाजवादीको पनि बेग्ला बेग्लै प्यानल बनाइएको छ । त्यसै गरि ननपोलिटिकल प्यानल समेत चुनावी मैदानमा छन् ।