एसपी रिपोर्टर
जनकपुरधाम, भदौ ४ :
जनकपुरधामको जनकचौक गंगासागर डिलमा अवस्थित नगर डिहबार बाबाको पुजा गरिदैछ । प्रत्येक वर्ष जस्तै यस वर्ष पनि साउनमा हुने नगरडिहवार तथा माता महारानी जीको पुजापाठ आज परम्परा र श्रद्वाभक्तिका साथ गरिएको छ ।

डिहबार बाबा र माता महारानीको पुजापाठ तथा दर्शणका लागि दिन भर नगरवासीहरु पुगेका छन् । दिउँसो सम्म फलफुल, लड्डु, तसमय सहितका प्रसाद र विधि पुर्वक पुजापाठ भएको थियो भने साँझ बलि प्रदान हुने परम्परा रहेको डिहबार थानका पुजारी मनोहर मुखियाले बताए ।