एसपी रिपोर्टर
जनकपुरधाम, चैत ११ :
जनकपुरधाममा वडा स्तरको क्रिकेट प्रतियोगिता बिहीबारदेखि सुरु हुने भएको छ। खेलकुद गतिविधि प्रवर्द्धन गर्ने उद्देश्यले जनकपुरधाम उपमहानगरपालिका–१० को आयोजनामा वडा क्रिकेट कप प्रतियोगिता सञ्चालन हुन लागेको हो।
चैत १२ गतेदेखि चैत २१ गतेसम्म सञ्चालन हुने उक्त प्रतियोगितामा जनकपुरधाम उपमहानगरपालिकाका १८ वटा वडाको सहभागिता रहनेछ। प्रतियोगितामा वडा नम्बर १, ४, ५, ६, ८, ९, १०, ११, १२, १४, १६, १७, १८, १९, २०, २२, २३ र २४ का टिम सहभागी छन्।
प्रतियोगितामा सहभागी सबै १८ वडाका टिमलाई बुधबार आयोजित एक कार्यक्रममा जनकपुरधाम उपमहानगरपालिकाका नगरप्रमुख मनोजकुमार साह ले ड्रेस तथा खेलकुद सामग्री हस्तान्तरण गरेका छन्।
जनकपुरधामस्थित बाह्रबीघा रंगभूमि मैदान मा सञ्चालन हुने प्रतियोगिता नकआउट प्रणालीमा खेलाइनेछ।