एसपी रिपोर्टर
जनकपुरधाम, पुष ८ :
समानता प्रदर्शन गर्दै जनकपुरधाममा पाँचौं अन्तर विद्यालय क्रिकेट प्रतियोगिता भोली (बुधबार)देखि सुरु हुन लागेको जानकारी गराइएको छ ।

बाह्रविघा मैदानमा जनकपुर स्पोर्टश क्लव र न्यू भिजन नेपालको आयोजनामा प्रतियोगिता हुन लागेको हो जस्को मंगलबार जनकपुरधाम उपमहानगरपालिकाका नगर प्रमुख मनोज कुमार साह र सफाई कर्मचारी सिताराम मेस्तरले संयुक्त रुपमा ट्रफी अनावरण गरेका थिए ।

समाजको सबै वर्ग/पेशा र उनको कर्म प्रति सम्मान प्रकट गर्न तथा यी सन्देश व्यवहारमा लागु गर्न प्रेरणा मुलक सन्देश सहित कर्मचारी र जनप्रतिनिधिमार्फत ट्रफी अनावरण गराएको राष्ट्रिय खेलाडी हरिशंकर साहले जानकारी दिए । उनका अनुसार प्रतियोगितामा २४ वटा विद्यालयको टिमबीच प्रतिस्पर्धा हुने छन् ।

बुधबार उद्घाटन खेल मदर ट्रेसा र याज्ञवल्क्य संस्कृत मावि ज्ञानकुपबीच हुने छन् । गएको वर्ष यही प्रतियोगिताको उपाधि मदर ट्रेसाले हात पारेका थिए । खेल र खेलाडीको विकासको लागि स्थानीय स्त्तरबाट उत्पादन गर्ने उद्देश्यले निरन्तर प्रतियोगिता आयोजना गर्ने गरेको आयोजक संस्थाको प्रतिनिधि प्रसान्त झाले बताए ।