एसपी रिपोर्टर
जनकपुरधाम, असार १४ : पाल लोकतान्त्रिक खेलकुद संघ धनुषाका अध्यक्ष अखिल मढीको नेतृत्वमा जापान कराते दो गोजुरियो ओसिकाई संघ नेपालको मधेश प्रदेश कार्यसमिति चयन गरिएको छ । बिहीबार जनकपुरधाममा सम्पन्न जापान कराते दो गोजुरियो ओसिकाई संघ नेपालको प्रथम मधेश प्रदेश अधिवेशनबाट मढीको नेतृत्वमा १५ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत गठन गरिएको हो ।
प्रदेश कार्यसमितिको उपाध्यक्षमा मानवेन्द्र निधि र भरत बहादुर थापालाई चयन गरिएको छ भने सचिवमा कृष्ण कुमार साह र कोषाध्यक्षमा डा. मिशा महासेठ रहेका छन् । त्यस्तै, सदस्यहरुमा राजुकान्त कामत, अमर बहादुर गुरुङ, विजय अधिकारी, कुसल आचार्य, उमेश महतो, रविना श्रेष्ठ, अरविन्द साफी, सुशिल छुडारि, विवस गौतम र विजय ठाकुरलाई चयन गरिएको छ ।