एसपी रिपोर्टर
जनकपुरधाम, चैत २० : दोस्रो जनकपुरधाम मेयरकप टि २० क्रिकेट प्रतियोगिताको आठौं खेलमा पर्साले सप्तरीलाई पाँच विकेटले पराजित गरेको छ । प्रतियोगिताको पाँचौ दिन मंगलवार विहान भएको खेलमा टस जितेर ब्याटिङ्ग राजेको सप्तरी २० ओभर सबै खेल्दै ९ विकेटको क्षतीमा १ सय ३ रनको योगफल तयार पारेको थियो ।
उस्का लागि विकास दास नटआउट रहदै सर्वाधिक २८ रन जोडदा अन्य ब्याट्सम्यानले राम्रो अंक जोडन सकेन । प्रतिउत्तरमा ब्याटिङ्ग गर्न आएको पर्सा १९ बल शेष रहदै पाँच विकेटको क्षतीमा लक्ष्य पुरा गर्न सफल भएपछि जित सहज भएको हो ।
उनको जितमा अकवर अलि अन्सारीको ३४ र मनोज महतोको नटआउट २० रनको मुख्य योगदान रह्यो । आजै दोस्रो प्रतिस्पर्धामा बारा र रौतहट बिच प्रतिस्पर्धा भइरहेको छ ।