एसपी रिपोर्टर
जनकपुरधाम, भदौ ६ : नेपाल क्रिकेट सङ्घको आयोजनामा हुने चर्चित क्रिकेट प्रतियोगिता नेपाल प्रिमियर लिगमा ‘जनकपुर रोयल्स’ टिम पनि सहभागिता जनाउने निश्चित भएको छ ।
सोमवार जनकपुरधाममा पत्रकार सम्मेलनको आयोजना गरि ‘जनकपुर रोयल्स’ टिम किनेको गोल्ड स्पोर्टस प्रा.ली.ले प्राचिन मिथिलाको राजधानी राजा जनकको राज्यको मुकाम जनकपुरधामको नामको टिम आफुहरुले प्रबद्र्वन गर्दै जगतजननी माता जानकीको जन्मभुमि जनकपुरधामको पनि विकास गर्न चाहेको बताएको छ ।
गोल्ड स्पोर्टस प्रा.ली.का निर्देशक गौरी शंकर धमारीले जनकपुुरधाम पौरानिक राजकिय स्थल रहेकाले ‘जनकपुर रोयल्स’ नामक टिम आफुहरुले बनाएको बताए । प्रा.ली.का निर्देशक धमारीलाई स्वागत गर्दै क्यानका मधेश प्रदेश अध्यक्ष हिरा भगत र धनुषा अध्यक्ष शोभाकान्त पाण्डेले ‘जनकपुर रोयल्स’ को क्रिकेट पछि जनकपुरधामको प्रचार प्रसार र पर्यटन विकास हुने बताए ।
प्रतियोगितामा नेपाल सहित विश्वका अन्य देशका खेलाडी सहितका टिमहरुको सहभागीता रहने छ । अगामि सेप्टेम्वरको पहिलो साता टिमका लागि खेलाडीको छनौट अक्सन हुने र अन्तिम सप्ताह काठमाण्डौंमा एनपिएलको आयोजना हुनेछ । ‘जनकपुर रोयल्स’ का मालिक समेत रहेका धमारीले पाँच/दश र पन्ध्र लाख गरि क्रमश ए,बि र सी गरि तिन ग्रेडमा आफुले खेलाडीको अनुबन्धन गर्ने बताएका छन् ।
कूल १ सय १० जना खेलाडी रहने प्रतियोगितामा जनकपुर रोयाल्स टिमले भाग लिँदा जनकपुरधामको पर्यटन प्रवर्द्धनमा ठूलो मद्दत पुग्ने विश्वास लिइएको छ । प्रीमियर लिगका लागि छनौट हुने खेलाडीको अभ्यास काठमाडौँमै हुने संघका धनुषा सचिव आशिष झाले जानकारी दिएक छन् ।