पुरन रौनियार
जनकपुरधाम, पुष १५ : जलेश्वरनाथ मन्दिर महोतरीको सदरमुकाम जलेश्वरको नाम मात्र होइन पहिचान र स्वाभिवान पनि हो । जलेश्वर बजार नेपाल तथा अन्तराष्ट्रिय जगतमा चिनिनुमा त्यहाँ स्थित यो प्राचिन मन्दिरको ईतिहाँस, विशेषता र प्रसिद्वता नै मुख्य हो भन्दा फरक नपर्ला ।
तर मन्दिरको विकास भन्दा विनाश भइरहेको भन्दै त्यहाँका युवाहरु चिन्तत बनेका छन् । मन्दिरको मुख्य प्रवेशद्वारमै टेन्टमुनी दैनिक १२ घण्टाका दरले चार÷पाँचजना युवाहरु केहि दिन देखि रिले अनसनमा बस्दा समेत स्थानिय र प्रदेश सरकारले कुनै चासो नलिएको उनीहरुको दुःखेसो छ ।
युवाहरुको मांग
जलेश्वर महादेव मन्दिर एवं उमा महोदरी शक्तिपीठ सेवा समिति तथा संरक्षण विकास परिषदको आयोजना र चारवटा स्थानिय युवा क्लवका युवाहरुको संयोकत्वमा दैनिक १२ घण्टाका दरले रिले अनसन गरिरहेका छन् । उनीहरुको छ सुत्रिय मांग छ । पहिलो मन्दिरको बुर्जा झर्ने अवस्थामा रहेकाले परातत्व विभागको निर्देशानुसार प्राचिन मौलिकता बचाउने गरि मन्दिरको पुर्ननिर्माण र संरक्षण गरियोस, दोस्रो एतिहाँसिक प्रमाण अनुसार मन्दिरको नाँउमा रहेको २ सय ७५ विघघा जमिनको खोजविन गरियोस, तेस्रो पुरातात्व विभागसंगको प्राविधिक सहयोगमा यो मन्दिर र यहाँको वृक्ष(वरगद), शिवगुफा, पुज्यनिय ढुङ्गाहरुको अनुसन्धान गरि ति महत्वपुर्ण सम्पतीहरु कति पुरानो हो भन्ने प्रमाणित गरियोस ।
साथै उनीहरुको चौथो मांगमा त्यहाँ स्थित शक्तिपीठ र महालिङ्गको बारेमा विभिन्न पुराणमा समेत उल्लेख रहेकाले स्थानिय, प्रदेश र केन्द्र सरकारले भारतको समेत विशेषज्ञहरुसंग मिलेर अनुसन्धान गरि महालिङ्ग र शक्तिपीठको एतिहाँसिकताको औपचारिक घोषणा गरियोस, पाँचौ मागमा मन्दिर र शक्तिपीठको संरक्षण सम्वद्वनका लागि जलेश्वर महादेव मन्दिर एवं उमा महोदरी शक्तिपीठ सेवा समिति तथा संरक्षण विकास परिषद गठन भइसकेकाले तिनैतहको सरकारबाट परिषदलाई आधिकारिकता र बैधानिकता प्रदान गरियोस तथा छैठो मांगमा वाटर लाईट तथा अन्य लाइटहरुको साहारामा माथीबाटनै जल भित्र रहेको महालिङ्ग हेर्न सक्ने वातावरण बनाएर मन्दिरको अधिनस्त रहेको चारवटै एतिहाँसिक पोखरीहरुलाई ठेक्का पट्टा मुक्त गराई सौन्दर्यकरणका साथै पार्कको रुपमा पर्यटकीय हिसावले विकास गरियोस ।
यस्तो छ युवाहरुको दावी
विकासको नाममा भ्रष्टाचार मात्र भएको छ । जलेश्वर नगरपालिकाका मेयर ले एसपी खवरलाई दिएको जानकारी अनुसार ६० लाखको लाइटिङ्गको मात्र काम भएको छ तर युवाहरु त्यसप्रति आश्चर्य व्यक्त गरेका छन् । उनीहरुले ६० लाखको लाईटिङ्गको काम नभएको भन्दै छानबिनको मांग गरेका छन् ।
नगरपालिकाले मन्दिरसंग सम्बन्धित एतिहाँसिकतासंग समेत जुडेको चारवटा पोखरीहरु जलेश्वर नगरपालिका वडा नं. १ स्थित पुरणसर तथा महन्थ पोखरी, वडा नं. २ स्थित बरुणसर र वडा नं. ५ स्थित पुर्णीसर पोखरी समेत कब्जा गरेर ठेक्का पट्टा लगाई सवै आम्दानी आफैले उपभोग गरिरहेको दावी परिषदका अध्यक्ष अमरदिप साहको छ ।
पुर्व पत्रकार तथा मन्दिर बारे जानकार विशेश्वर प्रसादका अनुसार नगरपालिकाले मन्दिरको सवामित्वमा रहेको पोखरी र हाटबजारहरु नगरपालिकाले कब्जा गरेको समाचारहरु तत्कालिन समयमा अखवारहरुले छापेको एतिहाँसिक दस्तावेजहरु रहेको बताउदै मन्दिरको सम्पती नगरपालिकाको भोगचलन हुने गरि कुनै पनि दस्तावेज र कागजात नरहेको दावी गरेका छन् । उनले भने, ‘जबरजस्ती सरकारी अड्डाको बलमा मन्दिरको जमिन र सम्पती माथी हक जमाइएको छ ।’
युवाहरु आफुहरुको मांग प्रति सुनुवाई नभए अगामि २३ गते देखि आमरन अनसन बस्ने चेतावनी दिएका छन् । अनसन बसेका युवाहरु जलेश्वरका सञ्चारकर्मी समेत आफुहरुको मांग प्रति मौन रहेकोमा चिन्ता व्यक्त गरेका छन् । हामीले आफनो घर परिवारका लागि अनसनमा नबसेको भन्दै उनीहरुले अभियानमा सहयोग गरि मन्दिरको सम्पतीको आम्दानी मन्दिरमै प्रयोग हुने वातावरण बनाई जलेश्वरको सवै थोक रहेको मन्दिर विकास गरि समग्र जलेश्वरको विकासमा सहभागिताका लागि सवैमा अपिल गरेका छन् ।
मन्दिरको २ सय ७५ विघघा जमिन र पोखरी सहितका सम्पतीहरुको दस्तावेज सहितको विस्तृत समाचार एसपी खवरमा सिघ्र प्रकाशन हुनेछ ।
तस्वीर : संजय साह/एसपी खवर