एसपी रिपोर्टर
जनकपुरधाम, साउन १३ : निषेधाज्ञा खुकुलो भएसंगै अहिले जिल्ला प्रशासन कार्यालय धनुषामा सेवाग्राहीको भिडभाड लाग्न थालेको छ । आउनै लागेको दशैंमा भिडभाड हुन दिनु हुदैन भन्ने जिल्ला प्रशासन कार्यालय धनुषा आफै भिडभाडको सिकार बनेको छ । भिड यहाँ सम्म लाग्ने गरेको छ कि कोरोनाको जोखिमको पनि उतीकै खतरा छ । महिला पुरुषको कुनै व्यवस्थित लाइन छैन नत समाजिक दुरीको पालना नै छ । कोरोनावाट बच्न कुनै नियम अपनाइएको देखिदैन । भ्यालमा एकसेवाग्राही अर्काको जिउमै चढेको देखिन्छ । भिडभाडका विषयमा जिज्ञासा राख्दा उनीहरु अधिकांश एसईई उर्तिण विद्यार्थीहरु हुन ।
कार्यालयका प्रशासकिय अधिकृत गणेश कुमार मिश्रका अनुसार असोज १ गते देखि भिडभाड बढन सुरु भयो । एसईईको नतिजा आएपछि सिटिईभिटीमा फारम भर्न, मधेशी प्रमाणित गर्न र भर्खरै दिन थालिएको राष्ट्रिय परिचय पत्रको कारण समेत सेवाग्राहीको भिडभाड बढेको उनले बताए । उनका अनुसार दैनिक पाँचसय देखि हजार सम्म सेवा ग्राही आउने गरेकोमा २ दैनिक २ सय सम्मलाई सेवा दिन भ्याइएको छ ।
हेर्नोस भिडियो
मिश्र भन्छन, ‘पहिला नागरिकता बनाउने, त्यसपछि मधेशी प्रमाणित गर्दै राष्ट्रिय परिचय पत्र समेत बनाउनेको भिडभाड लाग्न थालेपछि एकैजनाले दिनभर बसेर काम गराउने गरेकाले भिड देखिएको छ ।’ साथै रेल्वेमा समेत आवेदन आवहान गरिएपछि त्यसले समेत भिडभाडमा प्रभाव पारेको जिल्ला प्रशासन कार्यालय धनुषाको भनाई छ ।
आफनै कार्यालयमा भिडभाड व्यवस्थापन गर्न नसकेको आरोप
आइतवार दशैंमा हुने भिडभाड सम्बन्धमा के गर्ने ? भन्ने विषयमा जनकपुरधाम स्थित युवा क्लवहरु र स्थानिय प्रशासनको बैठक थियो । बैठकमा प्रशासनले बोकाबली सहितको कार्यक्रममा हुने भिडभाड हुन नदिई विधि विधान अनुसारको पुजापाठ मात्र गर्न प्रस्ताव राखेकोमा युवा क्लवहरुलाई प्रस्ताव चित बुझेको छैन । दशैं आयोजक श्री महाविर युवा कमिटि र श्री राम युवा कमिटि सहितका क्लवहरु भन्छन, ‘हामीले कसैलाई बोलाउने होइन तर आफै श्रद्धा, भक्ति र भाकलका साथ पुजापाठ, खोइचभरी, प्रसाद र बोकाबलीका लागि आउने श्रद्धालुहरुको भिडभाडलाई समुचित व्यस्थापन गर्न सक्नु पर्दछ ।’
एता सेवाग्राही र युवा क्लवहरु सरकारी कार्यालयहरु तथा प्रशासन कार्यालयमा लाग्ने गरेको भिडभाड प्रति आश्चर्य प्रकट गरेका छन् । आफनो कार्यालयमा भिडभाड लगाएर व्यवस्थापन गर्न नसक्ने प्रशासन अर्काको आयोजनामा भिडभाड गर्न हुदैन, जोखिम हुन्छ भन्नु अशोभनिय रहेको उनीहरुको भनाई छ । दशैंको आयोजन सम्बन्धमा स्थानिय प्रशासन र युवा क्लवहरु बिच आज पुनः छलफल भइरहेको बुझिएको छ । विजयादशमीमा जनकपुरधामको रामचौक स्थित माता राजदेवी, माता बौधीदेवी र माता अन्नपुर्णा अमरखाना देवी सहित जनकपुरधाम स्थित दर्जनौं शक्तिपिठहरुमा श्रद्धालुहरुको अत्याधिक भिडभाड लाग्ने गर्दछ ।