एसपी रिपोर्टर
जनकपुरधाम, भदौ १२ : २०७९ सालको आम निर्वाचन पछि मौन जस्तै रहेका लोसपाका नेता तथा पुर्वमन्त्री अनिल कुमार झा लोसपामै यथावत रहने भएका छन् । लोसपा चाहे अनुसारको गति लिन नसकेपछि असन्तुष्ट बन्दै राजेन्द्र महतो र झा लोसपा परित्याग गरेको चर्चा चुलिएको थियो । महतो राष्ट्रिय मुक्ति क्रान्ति नामक राजनितिक अभियानमा छन भने झा मौन जस्तै थिए ।
मंगलवार जनकपुरधाममा देखिएका झाले भने, ‘मधेशवादको राजनितिबाट कतै डगमग हुने मनस्थिती छैन, अनेकन पार्टी खुलेर जनतामा गलत धारणा फैलिरहेको स्थितीमा नयाँ पार्टीको औचित्य पनि छैन, लोसपामै रहेर राजनिति गर्छु ।’ धनुषा निर्वाचन क्षेत्र नं. ३ मा सम्मानजनक मत ल्याएर एकाएक गायव हुनुभयो नि ? भन्ने प्रश्नमा उनले भने, ‘गायव भएको होइन, पार्टी भित्रको केहि कारणहरुले मन नलागेर अलिक आफना कामहरुमा व्यस्त थिए, अव जनकपुरधाममा डेरा खोज्दै छु यहि बसिन्छ ।’
जनकपुरधाममै बसेर मत दिएका जनताहरुको माझमा पुग्ने र वहाँहरुसंग साक्षात्कार गर्ने उनको तयारी र योजना छ । उनले क्षेत्रीय र खासगरि मधेशवाद र संघियता माथी देखिएको संकट निवारणका लागि मधेशमा नयाँ पार्टी भन्दा पनि भएका पार्टीहरु बिचको सहकार्य आवश्यक रहेको पनि बताए । उनले स्थानिय देखि संघिय संसद सम्म जनकपुरधामबाट ठुलाबडा पार्टीले जितेपनि बिकास हुन नसकेको भन्दै दुःख व्यक्त गरेका छन् ।

स्रोतका अनुसार उनले लोसपा राम्ररी चलोस भन्ने चाहेका थिए, पार्टी अध्यक्ष महन्त ठाकुरले त्यसमा चासो नदेखाएपछि असन्तुष्ट रहेका झालाई पार्टीमा सक्रिय हुन पार्टी नेतृत्वले आग्रह गरेको र त्यसै अनुसारको भुमिका दिन समेत सहमत भएको हो । आम निर्वाचन २०७९ को उम्मेदवारी मनोनयनको पुर्व सन्ध्याँमा एकाएक आफनो रौतहटको निर्वाचन क्षेत्र छोडेर लोसपाको भागमा परेको धनुषा क्षेत्र नं. ३ मा आएर निर्वाचनमा होमिएका झाले सम्मानजनक २३ हजार ६ सय ८६ मत प्राप्त गरि निकटतम प्रतिद्वन्द्वी भएका थिए ।
गठबन्धनका कारण रौतहटको उनको जितेको क्षेत्र नं. १ नेकपा एसका अध्यक्ष पुर्वप्रधानमन्त्री माधव कुमार नेपालको भागमा परेपछि उनी अन्तिम समयमा धनुषा ३ बाट चुनाव लडेका थिए । मधेशवादका प्रणेता स्व.गजेन्द्र नारायण सिंहबाट प्रभावित भएर मधेशवादको राजनितिमा लागेको उनले संघियता र मधेशवाद समाप्तीका लागि भइरहेको षडयन्त्र प्रति सचेत रहनुपर्ने समय आएको बताउछन् ।