एसपी रिपोर्टर
जनकपुरधाम, जेठ २२ :
जसपाको उपेन्द्र यादव समुहले प्रदेश २ सरकारबाट महन्थ ठाकुर पक्षलाई निकालेर नयाँ सरकार बनाउने सरकार परिवर्तणको हल्ला संगै एतिबेला नेपाली कांग्रेस प्रदेश २ संसदिय दmलका नेता रामसरोज यादव चर्चामा छन् । उनले मुख्यमन्त्री आफुहरुले पाए सरकारमा जाने बताएको भोली पल्टै कांग्रेस उपसभापती विमलेन्द्र निधी र जसपा अध्यक्ष यादव बिचको भेटले प्रदेश २ झनै तातिएको छ ।

अव सवैको नजर कांग्रेस तर्फ छ, कांग्रेस जता गए उतैको सरकार बन्ने गणितीय खेलका बिच हामि जनकपुरधाम स्थित कांग्रेस प्रदेश २ का नेता यादवको घरमा पुग्यौं । प्रस्तुत छ, एसपी खवर घरमा पुग्दा प्रदेश सांसदहरुसंगको छलफमै रहेका नेता यादव संग एसपीखवरका लागि सम्पादक रौनियारले गरेको कुराकानीको सम्पादित अंश :

प्रदेशमा नयाँ सरकारका लागि के छ यहाँहरुको मुख्य प्रस्ताव :

हाम्रो प्रस्ताव स्पष्ट छ, देशमा राजनितिक दलको ध्रुविकरणका बिच जुन किशिमले केन्द्रमा सहकार्य र गठबन्धन छ त्यसरी नै प्रदेश २ मा समेत हुनुपर्छ भन्ने धारणा हो । प्रधानमन्त्रीमा शेरबहादुर देउवा जस्तै उपेन्द्र यादव जी ले हामीलाई मुख्यन्त्री दिनुपर्छ भन्ने स्पष्ट धारणा हो ।

दिएन भने के गर्नु हुन्छ ?

दिएन भने अर्को बिकल्पमा छलफल हुन्छ, पार्टीको निर्णय अनुसार अगाडि बढछौं ।

चुनावको संघारमा किन सरकारमा जाने ? भन्नेहरु पनि छन नि कांग्रेसमा ?

गृहमन्त्री हुँदा कृष्ण सिटौला चुनाव हारेको होइन ? बरु सरकारमै छदाँ चुनाव जित्न सजिलो नि, त्यसैले चुनाव र सरकार फरक विषय हो, कांग्रेस प्रदेश २ को जिम्मेवार पार्टी हो दलहरुले प्रदेश चलाउने अवसर दियो भने भाग्न मिल्दनै ।

किन लालबाबु राउतको सरकारले राम्रो काम गर्न सकेन ?

छैन जनताको भावना अनुसार काम भएको छैन त्यसैले हामी वाँकी रहेको समयमै पनि देखाउन चाहन्छौ कि सरकार र प्रदेश कसरी चलाउने भनेर, कृषि, पर्यटन सहितका क्षेत्रमा जसरी काम हुनु पर्दथ्यो काम हुन सकेको छैन नी ।

यहाँको उपसभापति निधीसंगको भेट पछि यादव जी जनकपुरधाम आउनु भा छ भेट भयो ?

छैन, हामी संग कुनै भेटघाट छैन जानकारी पनि छैन, केन्द्रिय उपसभापति संग भेटनु भएकै हो, कुरा आएकै होला वाँकी उहाँहरुले छलफल गरेर हामीलाई भन्नु होला नि ।

मुख्यमन्त्रीमा अड्डी नै हो कि लचक पनि हुन सक्नु हुन्छ ?

हा, हा, हा, हा, टेबुुलमा बसेपछि सवै बिकल्प खुल्ला हुन्छ, छलफल हुन्छ दावी हुन्छ तर्क विर्तक हुन्छ जायज तर्कलाई सबैले आत्मसाथ गर्नुपर्छ नभए सहमती हुदैन ।

तपाँइहरु पनि छलफलमै त्यसो भे ?

हो छलफल त गर्नै परयो तर मुख्यमन्त्रीमा दावी गर्नुपर्छ भन्ने हाम्रो एकमत हो ।

हस धन्यवाद

धन्यवाद तपाँइलाई पनि