एसपी रिपोर्टर
काठमाण्डौं, जेठ २१ : ओली सरकारमा धनुषाले दुई उपप्रधान सहित तिन महत्वपुर्ण मन्त्रालय पाउने भएको छ । सिघ्र हुने मन्त्रीपरिषद विस्तारमा धनुषा निर्वाचन क्षेत्र नं. ३ बाट निर्वाचित राजेन्द्र महतो उपप्रधान र शहरी विकास मन्त्री, क्षेत्र नं. ४ बाट निर्वाचित रघुविर महासेठ उपप्रधान र परराष्ट्रमन्त्री तथा निर्वाचन क्षेत्र नं.२ बाट निर्वाचित जसपाका उमाशंकर अरगरिया बन तथा वातावरण मन्त्री बन्ने भएका छन् ।

उनीहरुको सकभर आजै नभए भोली सपथ ग्रहण हुने जनाइएको छ । ओलीको नयाँ मन्त्री मण्डलमा एमाले बाट महासेठ दोस्रो बरियातामा रहने समेत एमाले स्रोतले जनाएको छ । ओलीले मधेशी मुलका महासेठलाई एमालेमा उपल्लो स्थान दिने सोचका उपप्रधानमन्त्री बनाएको हो । पार्टीमा समेत महासेठलाई पदाधिकारीमा लाने तयारी भइरहेको ओली निकट स्रोतले जनाएको छ ।
यस अघि धनुषा क्षेत्र नं. १ बाट निर्वाचित मातृका प्रसाद यादव ओलीकै क्याबिनेटका बाणिज्य तथा आपुर्ती र धनुषाकी समानुपातिक सांसद जुली कुमारी महतो अहिले पनि महिला बालबालिका तथा जयेष्ठ नागरिक मन्त्री छिन । महासेठ यस अघि पनि ओली क्याबिनेटमै भातीक पुर्वाधार तथा यातायात मन्त्री भएर सफलता पुर्वक काम गरिसकेका छन् ।





