FOLLOW US
SP khabar
  • गृहपृष्ठ
  • राजनीति
  • मधेश प्रदेश
  • राष्ट्रिय
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • आर्थिक
  • अन्य
    • दुर्घटना
    • विज्ञान/प्राविधि
    • एसपी खबर तस्वीर
SP TV
  • गृहपृष्ठ
  • राजनीति
  • मधेश प्रदेश
  • राष्ट्रिय
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • आर्थिक
  • अन्य
    • दुर्घटना
    • विज्ञान/प्राविधि
    • एसपी खबर तस्वीर
SP TV
No Result
View All Result

पुलामी हत्या प्रकरणमा सांसद साहले भने हत्यारा उम्किन पाँउदैन

रघुनाथपुरमा हत्या विरुद्व शोकसभा

पुलामी हत्या प्रकरणमा सांसद साहले भने हत्यारा उम्किन पाँउदैन

जनकपुरधाम, चैत २ : सबैला नगरपालिका वडा नं. १२ रघुनाथपुरका एक सज्जन व्यत्तिको निर्मम हत्या भएको भन्दै हत्यारालाई कारवाहीको मांग गरिएको छ । फागुन १६ गते साँझ धनुषामा दुई पक्षबीचको विवाद मिलाउन गएका रघुनाथपुर बस्ने ५१ वर्षीय सोनेलाल भनिने सत्यनारायण पुलामीको हत्या भएको थियो । घटनामा संलग्न अपराधीलाई कारवाहीको लागि दबाव सिर्जना गर्ने उदेश्यले आज रघुनाथपुरचौकमा आयोजित शोकसभालाई सम्बोधन गर्दै प्रदेशसभा सदस्य किशोरी साह कमलले घटनामा संलग्न रहेको आरोपमा पक्राउ परेका युवाहरु भर्खरका युवाहरु रहेकाले छोराछोरीको व्यवहार र गतिवीधी निगरानी गर्न अभिभावकलाई सचेत गराएका छन् । युवाहरु गाँजा चुरोट सहित लागु दुर्वयसनमा फँस्दै गएको र अपराधीक गतिविधीमा संलग्न हुने गरेकाले मेरा छोराछोरी के गर्दैछ भन्ने कुरामा सचेत रहन सवैलाई आग्रह गरेका छन् । साथै उनले हत्यारा जुनसुकै गाँउ र समाजको भएपनि अपराधी रहेकाले हदै सम्मको कारवाही हुनुपर्ने उनको मांग थियो । राजनितिक संरक्षणका कारण यस्ता अपराधीहरु उम्किन पाउन नहुने समेत सांसद साहले बताए ।

अन्य वतmाहरुले पनि हत्यारा बचाउन नहुने बताए । हत्यारा बचाए समाजमा विकृती बढने समेत उनीहरुको धारणा थियो । शोकसभा कार्यक्रममा दिवंगत पुलामी प्रति सहभागीहरुले श्रद्धाञ्जली समेत अर्पण गर्नुका साथै मौन धारण गरिएको थियो । कार्यक्रममा सवैला नगरपालिकाकी उपप्रमुख निलु देवी कापर, समाजवादीका रामदुलार यादव, समाजवादी कमनिष्टका दिपनारायण दास, वडा अध्यक्ष प्रदिप महतो, कांग्रेसका बौएलाल माझी, जन्मभुमि विकास मञ्चका अध्यक्ष बिनोद अधिकारी विपिन, पत्रकार सुरेश यादव सहितकाले धारणा राखेका थिए ।

गत फागुन १६ गते साँझ धनुषामा दुई पक्षबीचको विवाद मिलाउन गएका रघुनाथपुर बस्ने ५१ वर्षीय सोनेलाल भनिने सत्यनारायण पुलामीको हत्या भएको थियो । राति रघुनाथपुरमा भएको झगडा मिलाउन गएका पुलामीलाई झगडारत सवैलाका युवाहरुले टाउकोमा बाँस र काठको चिरपट प्रहार गरेका थिए । गम्भीर घाईते भएका पुलामीलाई उपचारका लागि प्रादेशिक अस्पताल जनकपुर ल्याउने क्रममा मृत्यु भएको थियो । रघुनाथपुरस्थित नहर चोकमा कलभर्टमा बसेका केही युवाहरुले अपशब्द बोलिरहेको अवस्थामा गाउँकै केही युवाले अपब्द नबोल्न भनेपछि भनाभन भएको थियो । झगडालाई छुट्याउन जाँदा पुलामीमाथि नै काठको चिरपट र बाँसको भाटा प्रहार भएको थियो । पुलामीको हत्याको आरोपमा प्रहरीले ५ जनालाई तत्कालै सोहि राती पक्राउ गरेको थियो भने सो घटनामा संलग्न एक जना फरार रहेको बताएको थियो तर घटनामा अझै दुईजना गरि कुल आठजनाको संलग्ना रहेको भन्दै प्रहरी अनुसन्धान गरिरहेको छ । पक्राउ परेकामा सबैला नगरपालिका–१ सवैला बस्ने कपिल सदा, धर्मदेव राउत, जीतेन्द्र राउत, अशेष यादव र सबैला–४ कोठिया बस्ने मनु भने अमित यादव यादव रहेको प्रहरी नायब उपरीक्षक रामेश्वर कार्कीले बताए । सो घटनामा संलग्न सवैलाकै अमरजीत राउत, परिक्षण यादव र रोहित गोसाइ भने फरार छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया !

SP KHABAR

SP KHABAR

एसपी खवर मधेश प्रदेशबाट सम्प्रेशन हुने देशकै लोकप्रिय अनलाईन पत्रिका हुन ।

सम्बन्धित समाचार

क्षयरोग दिवसको अवसरमा नेपाल क्षयरोग निवारण संस्था धनुषाको विभिन्न कार्यक्रम
एस.पी. खबर विशेष

क्षयरोग दिवसको अवसरमा नेपाल क्षयरोग निवारण संस्था धनुषाको विभिन्न कार्यक्रम

5 hours ago
अवैध रुपमा ल्याइने कुखुराको ओसार पोसारमा रोक लगाउन माग
अन्य

अवैध रुपमा ल्याइने कुखुराको ओसार पोसारमा रोक लगाउन माग

1 day ago
मन्त्रालय तानिए प्रादेशिक अस्पतालका निर्देशक डा.यादव
एस.पी. खबर विशेष

मन्त्रालय तानिए प्रादेशिक अस्पतालका निर्देशक डा.यादव

1 day ago
फेनिक्स अन्तर कलेज स्त्तरीय क्रिकेट प्रतियोगिताको उपाधि मोनाष्टिकले जित्यो
एस.पी. खबर विशेष

फेनिक्स अन्तर कलेज स्त्तरीय क्रिकेट प्रतियोगिताको उपाधि मोनाष्टिकले जित्यो

1 day ago
म सोझो मान्छे, चतुर होइन, मन्त्री परिषदमा जान्न : उपेन्द्र यादव
एस.पी. खबर विशेष

म सोझो मान्छे, चतुर होइन, मन्त्री परिषदमा जान्न : उपेन्द्र यादव

1 day ago
जनकपुरधाम ११ का वडा अध्यक्ष र सचिव घुस सहित अख्तियारको फन्दामा
अपराध

जनकपुरधाम ११ का वडा अध्यक्ष र सचिव घुस सहित अख्तियारको फन्दामा

2 days ago
बन्ने भयो सुकुम्वासी माझीको घर, भूमि पुजन हुँदा मुहारमा हाँसो
एस.पी. खबर विशेष

बन्ने भयो सुकुम्वासी माझीको घर, भूमि पुजन हुँदा मुहारमा हाँसो

2 days ago
मधेश सरकारको छ करोडको झोला, ९ कक्षा विद्यार्थीको दर्जन किताव बोक्ने क्षमताको होला ?
एस.पी. खबर विशेष

मधेश सरकारको छ करोडको झोला, ९ कक्षा विद्यार्थीको दर्जन किताव बोक्ने क्षमताको होला ?

2 days ago
राजविराज क्याम्पसमा भएको स्ववियु निर्वाचन खारेज गर्नुपर्छ : निधी
एस.पी. खबर विशेष

राजविराज क्याम्पसमा भएको स्ववियु निर्वाचन खारेज गर्नुपर्छ : निधी

2 days ago
भारतिय प्रम मोदीले घोषणा गरेको सय करोडले रंगशाला बनाउछु : मुख्यमन्त्री
एस.पी. खबर विशेष

भारतिय प्रम मोदीले घोषणा गरेको सय करोडले रंगशाला बनाउछु : मुख्यमन्त्री

3 days ago

ताजा समाचार

क्षयरोग दिवसको अवसरमा नेपाल क्षयरोग निवारण संस्था धनुषाको विभिन्न कार्यक्रम

अवैध रुपमा ल्याइने कुखुराको ओसार पोसारमा रोक लगाउन माग

मन्त्रालय तानिए प्रादेशिक अस्पतालका निर्देशक डा.यादव

फेनिक्स अन्तर कलेज स्त्तरीय क्रिकेट प्रतियोगिताको उपाधि मोनाष्टिकले जित्यो

म सोझो मान्छे, चतुर होइन, मन्त्री परिषदमा जान्न : उपेन्द्र यादव

जनकपुरधाम ११ का वडा अध्यक्ष र सचिव घुस सहित अख्तियारको फन्दामा

बन्ने भयो सुकुम्वासी माझीको घर, भूमि पुजन हुँदा मुहारमा हाँसो

स्पेशल मिडिया नेपाल प्रा.लि.
जनकपुरधाम, मधेश प्रदेश
9844126588
 [email protected]
सूचना विभाग दर्ता नं: ३१५०-२०७८/७९

प्रधान सम्पादक/सञ्चालक
पुरन साह
सम्पादक
दिपेन्द्र कुमार साह
संवाददाता
संजय कुमार साह
चाँदनी झा
पुष्पा यादव

Facebook Twitter Youtube Pinterest

© 2020 SP KHABAR || Powered By ProTech Media || Privacy Policy