संजय साह
जनकपुरधाम, फागुन २६ : पञ्चकोुसी समेत भनिने जनकपुरधाम नगरको अन्तगृह परिक्रमामा नेपाल भारतको श्रद्धालु तथा तिर्थालुहरुको घुइचो लागेको छ । १५ दिवसीय मिथिला मध्यमा परिक्रममामा रामजानकी जीको डोलाको अगुवाईमा साधुसन्त तथा तिर्थालुहरु आइतवार कलानेश्वरवाट जनकपुरधाम आइपुगेको थियो ।
राती समन फुकिएपछि सोमवार एका विहानै देखि जनकपुरधाम नगरको परिक्रमा जसलाई अन्तगृह परिक्रमा समेत भन्निछ यो परिक्रमा गरे पश्चात जनकपुरधाममा रंग अविर सहित होली खेल्दै परिक्रमाका सहभागिहरु घर फर्किन थालेका छन् । अव मिथिलामा रंग अविर खेल्ने क्रम बढदै जाने छ ।