एसपी रिपोर्टर
जनकपुरधाम, असोज २३ : शिक्षा, बालश्रमको न्युनिकरण र सुशासन सहित दर्जनौ क्षेत्रहरुमा काम गर्दै आएको गैरसरकारी संस्था आसमान नेपालको १९ औं साधारणसभा सम्पन्न भएको छ । जनकपुरधाममा समाजिक दुरी र सुरक्षाका उपायहरु अवलम्वन गर्दै आयोजित साधारणसभामा संस्थाको वार्षिक प्रगतीको समिक्षा पनि गरिएको छ । अध्यक्ष हरिशचन्द्र यादवको अध्यक्षतामा भएको साधारणसभामा प्रस्तुत प्रतिवेदन अनुसार विगतका वर्षहरु जस्तै गत आर्थिक वर्षमा समेत कुल २१ वटा आयोजनाहरु सञ्चालन गरिएको बताइएको छ ।
ति २१ वटा आयोजनाहरु सञ्चालनका लागि कुल बजेट ३१ करोड ६३ लाख २२ हजार ८ सय २७ आम्दानी रहेकोमा ३० करोड ८४ लाख २७६ हजार ४४ रुपैया खर्च भएको प्रतिवेदनमा उल्लेख छ । संस्थाको ति आयोजनाहरु प्रदेश २ का आठवटै जिल्लाका साथै प्रदेश १ को सुनसरी र बागमती प्रदेशको धादिङ्ग गरि कुल १० जिल्लाहरुमा सञ्चालनमा रहेको बताइएको छ । प्रतिवेदनमा संस्थाले अहिले सम्म शिक्षा तथा वाल संरक्षण, स्वास्थ्य तथा पोषण, सुशासन जिविकोपार्जन तथा प्रकोप व्यवस्थापन गरि मुख्य पाँचवटा विषयहरुमा क्रियाशिल रहेको उल्लेख छ ।
समाजमा देखिएको समाजिक असमानता, गरिवी, अशिक्षा, सरकारी सेवामा नागरिकको न्युन पहुँच, महिला÷नागरिकको सशक्तिकरण सहितका क्षेत्रमा प्रगतीमुलक कामहरु भइरहेको समेत प्रतिवेदनमा जनाइएको छ । साधारणसभावाट नयाँ कार्यसमितिको समेत चयन हुने बताइएको छ ।