एसपी रिपोर्टर
जनकपुरधाम, असोज ८ : कोरोना महामारीको विकट समयमा सर्वसधारण स्वास्थ्य उपचार पाउन गाह्रो रहेका वेला केहि सहयोगी संस्थाहरु निशुल्क स्वास्थ्य शिविर गरि गरिव विपन्नका लागि टोलमै स्वास्थ्य सेवा उपलब्ध गराउने गरेको छ । यता त्यस्ता संस्थाहरुलाई स्थानिय संघ संस्थाले समेत औषधी सहितको सहयोग गर्न थालेका छन् ।
निशुल्क शिविर चलाउदै आएको महेन्द्र नारायण निधि स्मृति प्रतिष्ठान र कोभिड–१९ क्विक रेस्पोन्स टिमलाई रौनियार युवा मञ्चका अध्यक्ष व्यवसायी शुनिल साहले औषधि सहयोग गरेका छन् । प्रतिष्ठान र कोभिड–१९ क्विक रेस्पोन्स टिमद्वारा आयोजित साप्ताहिक निःशुल्क स्वास्थ शिविरका लागि साहले औषधिहरु सहयोग गरेका हुन् । अध्यक्ष साहले यस्तो विकट समयमा टिमले सराहनिय काम गरिरहेको भन्दै सामान्य बिरामीहरुको स्वास्थ्य अवस्थालाई ख्याल गर्दै सहयोग बापत औषधि उपलब्ध गराइएको जानकारी दिए ।
रौनियार सेवा समितिका अध्यक्ष अरुण गुप्ता, मञ्चका उपाध्यक्ष विनय साह, महासचिव रितेश गुप्ता, कोषाध्यक्ष संजय गुप्ता सहितको उपस्थितीमा औषधी टिमका सदस्यहरुलाई हस्तान्तरण गरिएको छ । टिमवाट मनोज साह, शम्भु साह, राकेश बिक्रम साह, गोविन्द चन्दन राय, डा.बिजय साह, डा.राजु साह, सुमित मिश्र, आसुतोष नवीन झा, राममिलन यादव, रोशन यादव, कृष्णा सिंह राजपुत, भरत साह, बलराम गुप्ता, बलराम साह लगायतको उपस्थिति रहेको थियो ।