राजेन्द्र महतो, फाल्गुन २२ गते ।
लहान : सिरहाको दुई छुट्टाछुट्टै ठाउँ बाट प्रहरीले अबैध घरेलु मदिरा नष्ट गरेको छ । सिरहाको सिरहा नगरपालिका -१९ र २२ मा संचालित विभिन्न मदिरा पसल बाट अवैध रूपमा बिक्रि वितरण को लागि राखेको घरेलु मदिरा प्रहरीले बरामद गरी नष्ट गरिएको हो ।
प्रहरी चौकी सन्हैठा बाट खटिएको टोली ले सिरहा नगरपालिका -१९ र २२ मा रहेको मदिरा पसल बाट करीब १ सय लिटर तयारी मदिरा नष्ट गरेको जिल्ला प्रहरी कार्यालय सिरहा का डि – एस- पी- तथा सूचना अधिकारी बिनोद घिमिरेले बताएका छन।
त्यस्तै ईलाका प्रहरी कार्यालय मिर्चैया सिरहाबाट खटिएको टोलिले मिर्चैया नगरपालिका -९ कमलदह स्थित चेक जाँच गर्ने क्रममा बिक्रि वितरण को लैजादै गरेको २० लिटर घरेलु मदिरा नियन्त्रणमा लिइ नष्ट गरेको जिल्ला प्रहरी कार्यालय सिरहाले बताएका छ्न। उक्त मदिरा स्थानीय, नागरिक समाज,पत्रकार लगायतको रोहबरमा नष्ट गरिएका छन । मदिराका कारण दिनहु समाजमा झै–झगडा, घरेलुहिंसा, महिला हिंसा लगायतको घटनामा बृद्धिभइरहेको देखिन्छ।