एसपी रिपोर्टर
जनकपुरधाम, बैशाख १७ : मधेश सरकारका मुख्यमन्त्री सरोज कुमार यादवले आफु सभामुख र मुख्यमन्त्री भएको बेला समेत आफनै खल्तीबाट दिनदहाडै पैसा चोडी भएको भन्दै मधेशमा बढिरहेको भ्रष्टाचार, डकैती, चोरी, अपराध सहितको घटनाको जिम्मेवारी संघिय सरकारले लिनुपर्ने बताएका छन् ।
जनकपुरधाममा मिटर ब्याजको समस्या समाधानका लागि नेपाल सरकारले स्थापना गरेको अनुचित लेनदेन (मिटरब्याज) सम्बन्धी जाँचबुझ आयोगको केन्द्रिय कार्यालय जनकपुरधाम समुदघाटनमा नेपाल सरकारका उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठकै अगाडि मुख्यमन्त्री यादवले सभामुख हुँदा आफनै खल्तीबाट पचास हजार र अस्ती पार्टी अध्यक्ष उपेन्द्र यादवको विजयी जुलुसमा जाँदा पनि खल्तीबाट पैसा गायव भएको भन्दै मधेश भइरहेको अपराधका कुनै पनि घटना प्रहरी बिनाको मधेश सरकारले समाधान गर्न नसक्ने स्पष्ट पारेका छन् ।
उनले सुरक्षा घेरा बिचमा रहने मुख्यमन्त्रीको गोजीबाट दिउँसै पैसा गायव हुनुले संघिय सरकारको सुरक्षा व्यवस्थालाई प्रस्ट पारेको अरोप लगाए । उनले मिटरब्याज पिडित भन्दा पनि आफु बढि पिडित रहेको बताए । वहाँहरुको एउटा समस्या छ तर म कहाँ हजारौं समस्या लिएर आउने जनताहरुको चाँप छ तर केहि गर्न सकेको छुइन भन्दै उनले नेपाल सरकारसंग गुनासा पोखे ।

उपप्रधान र गृहमन्त्रीलाई विन्ती गर्दै मुख्यमन्त्री यादवले संघिय सरकार कर्मचारी र प्रहरी समायोजन गरिदिए आफु २४ घण्टा भित्र प्रदेशमा सवै पिडितलाई न्याय दिलाएर दोषिलाई कालकोठलीमा बन्द गरिदिने बताए । मुख्यमन्त्री यादवले मिटरब्याजको समस्या समाधानाका लागि बनेको आयोगका माध्यमवाट सो समस्या समाधान होस र अनुचित लेनदेन गर्ने दुवैका लागि सम्मान न्यायको व्यवस्था होस भन्ने शुभकामना पनि दिए ।
कार्यक्रममा आयोगका अध्यक्ष र सदस्यहरु, मधेश सरकारका मन्त्री र प्रदेश सांसदहरु सहितको उपस्थिती थियो । गृहमन्त्री श्रेष्ठ आजै जनकपुरधाममा आयोजना हुने प्रदेश स्तरीय सुरक्षा गोष्ठीमा सहभागि हुनेछ ।





