एसपी रिपोर्टर
काठमाण्डौं, चैत २ : विहिवार काठमाण्डौंको किर्तिपुरको टियु खेल मैदानमा क्रिकेट प्रतिको क्रेज मात्र देखिदैन मातृभुमि र राष्ट्रियता प्रतिको सम्मान र सफलताको शुभकामनाका मर्म पनि दर्शाइदैछ । युएई विरुद्वको खेल देख्न युवा देखि हरेक उमेर समुहका नेपालीहरु मैदानमा उत्साह बोकेर पुगेका छन् ।




