एसपी रिपोर्टर
जनकपुरधाम, चैत ८ :
चैते दशैको पुर्व सन्ध्याँमा जनकपुरधाममा सरसफाई गरिएको छ । चैत १२ गते चैती दशैको घटस्थापना रहेकाले शनिवार जनकपुरधाम स्थित मुख्य शक्तीपिठ श्री राजदेवी माताको मन्दिर सहित श्री राम मन्दिरको प्राङ्गणमा समेत श्री महाविर युवा कमिटिको अगुवाईमा सरसफाई गरिएको छ । कमिटिको अध्यक्ष सन्तोष कुमार साहले चैती देशैको मेलामा कोरोना सर्तकता अपनाइने बताए । मेलामा हात धुने व्यवस्था र सेनिटाइजरको व्यवस्था गरिने अध्यक्ष साहले बताए ।

जनकपुरधाम स्थित माता श्री राजदेवी मन्दिरको सरसफाई गरिदै

अध्यक्ष साहले कोरोनाको त्रास रहेपनि यस अघि देश सहित जनकपुरधाममा प्राकृतीक विपद भुकम्पकाहरु आएका बेला भगवान रामको मुर्तीको घाटी भन्दा माथीको भाग झरेको र जानकी माता मन्दिरको शिषमहलको बुर्जा झरे पनि रामजानकीले जनकपुरधामवासीको रक्षा गरेको स्मरण गर्दै यसपालि कोरोनावाट माता राजदेवीले सवैको रक्षा गर्ने विश्वास व्यक्त गरेका छन् । सरसफाईमा संस्थाका संस्थापक अध्यक्षसहित पुर्व अध्यक्ष तथा सल्लाहकार अरुणकुमार साह, सम्पुर्ण कार्यसमिति, पूजाका संयोजक मुन्ना भाई नागबंशी तथा सदस्यहरू संगै श्री जनक युवा कमिटी का अध्यक्ष मनोज राय, जनकपुर जेसिजका अध्यक्ष गौतम साह सहित युवाहरुको सहभागिता थियो ।