एसपी रिपोर्टर
जनकपुरधाम, चैत १५ : नेकपा एमालेका नेता रघुविर महासेठले देशमा विकासको लहर छाएको बताउदै विकास हेर्न नसक्नेहरु अतालिएको बताएका छन् । क्षिरेश्वरनाथ नगरपालिकाको महेन्द्रनगरमा आयोजित होली मिलन समारोहलाई सम्बोधन गर्दै पुर्व मन्त्री समेत रहेका महासेठले एमालेको नतृत्वमा देशले विकासको निरन्तरता चाहेको बताएका छन् ।

कार्यक्रममा महिला बालबालिका तथा जेयष्ठ नागरिक मन्त्री जुली महतोले एमाले जनजनको पार्टी रहेकाले पुनः एमाले बलियो भएर आउने बताए । कार्यक्रममा होलीको शुभकामना आदान प्रदान गरिएको थियो । स्थानिय, जिल्ला, प्रदेश तथा केन्द्रिय नेताहरुको समेत सहभागिता रहेको कार्यक्रममा बाक्लो सहभागिता थियो ।







