एसपी रिपोर्टर
जनकपुरधाम, चैत ५ :
अगामि चैत २५ गतेको लागि तोकिएको नेपाल पत्रकार महासंघको निर्वाचन तयारीमा प्रेस मञ्च नेपाल जुटेको छ । बिहीबार जनकपुरमा प्रेस मञ्च नेपाल कार्यदलको बैठक बसी चुनावी तयारी सुरु गरेको छ ।

बैठकले चुनावमा संगठनलाई सबल ढंगले प्रस्तुत गर्न शनिबारसम्म सबै जिल्लामा तत्कालिन प्रेस नेपाल र प्रेस मञ्चको जिल्ला कार्यसमितिहरुलाई संयुक्त रुपमा बैठक बसेर जिल्लागत रणनीति तयार गर्न लगाउने र समन्वयको जिम्मेवारी प्रदेश कार्यवाहक अध्यक्ष सुरेश यादवलाई तोक्ने निर्णय गरेको छ ।

त्यस्तै, संघीय कार्यसमितिले प्रदेश २ को लागि घोषणा गरेको ८ सदस्यीय कार्यदलमा सप्तरीका भोला पासमानलाई थपेर ९ सदस्यीय बनाउने तथा आउँदो आइतबार कार्यदलको पूर्ण बैठक बस्ने निर्णय भएको कार्यदलका विन्दकिशोर साह (किशोर गुरु) ले जानकारी दिए ।