एसपी रिपोर्टर
जनकपुरधाम, फागुन २९ : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले जनकपुरधाम उपमहानगरपालिका वडा नं. ११ स्तरीय वडा समिति गठन गरेको छ । पार्टीको धनुषा जिल्ला अध्यक्ष रामचन्द्र यादवको अध्यक्षतामा वडा स्थित श्री मनकामनासिद्व हनुमान मन्दिरको प्राङ्गणमा आयोजित वडा भेलाले दिलिप कुमार साहको अध्यक्षतामा २१ सदस्सीय वडा समिति गठन गरेको छ ।

समितिको उपाध्यक्षमा रामसकली देवी, रेणु थापा, सचिवमा कृष्ण बहादुर थापा, सहसचिवमा बिनोद साह र कोषाध्यक्षमा रिना साह सहितका सदस्यहरु रहेका छन् । भेलामा केन्द्रिय नेताहरु श्रवण कुमार झा, राज कुमार गोयन्का, राजकुमारी साह, जिल्ला सचिव कमलेश कुमार मण्ड, कोषाध्यक्ष आनन्द कुमार साह, सविता यादव सहितको उपस्थिती रहेको थियो ।